‘ओलीले बैठकमा भाग लिन्नँ भन्न पाउनु हुन्न, बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न सकिँदैन’

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले शनिबार सचिवालय बैठकबस्नैपर्ने बताउनुभएको थापाथलीको इञ्जिनियरिङ क्याम्पसमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  वरिष्ठ नेतामाधवकुमार नेपाल पक्षका विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

फोटो फाईल

नेकपामा दुई अध्यक्षबीच विवाद चर्किँदै गएका बेला दाहालनेपाल समूहका विद्याथीहरू भेला भएका हुन् विद्यार्थीहरूको भेलालाईनेकपाका स्थायी कमिटी सदस्य केन्द्रीय नेताहरूले सम्बोधन गरेका छन्

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्नँ भन्न नपाउने उहाँले बताउनुभयो बैठकमा भाग लिएरनिकास दिनुपर्ने शाक्यले बताउनुभयो उहाँले भन्नुभयो, ‘भोलिको सचिवालयको बैठक हुनै पर्छ अस्ति अध्यक्ष केपी शर्मा ओलीलेसचिवालयको बैठकमा आउँदिन, बस्दिनँ, छलफलमा भाग लिन्नँ भनेर भन्नुभयो प्रचण्डको प्रतिवेदन पनि मान्दिनँ भन्नुभयो यो भन्न उहाँले पाउनु हुन्न त्यसैले निकास बैठकबाटै हुनुपर्छ

दुई वटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइ नसक्ने पनि नेत्री शाक्यले बताउनुभयो शनिबारको सचिवालयमा बसेर संयमताका साथबहस गर्न नेताहरूलाई आग्रह गरिएको पनि शाक्यले बताउनुभयो उहाँले भन्नुभयो, ‘दुई वटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छभन्ने मलाई पटक्कै लाग्दैन त्यसैले पहिलो कुरा भोलि सचिवालयको बैठकमा बस्ने उहाँले दुई वटै प्रतिवेदन अगाडि राखेर अत्यन्तैसंयमतताका साथ, नैतिकताका साथ लागेका कुराहरू खुलस्त ढङ्गले एकअर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भनेएक/दुई दिन जान्छ होला त्यसपछि एउटा निष्कर्ष आउँछ अब कसरी एक ढिक्का बनाएर पार्टीलाई लैजाने भन्ने कुरामा निष्कर्षमापुग्नै पर्छ त्योभन्दा अरू विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिनँ भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो ? भन्दै शाक्यले प्रश्नगर्नुभयो लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिनँ भन्न नमिल्ने शाक्यले बताउनुभयो दस्तावेज मान्दिनँ भनेर भनेको हो भने उहाँलेप्रतिउत्तर किन दिनुपर्‍यो। प्रचण्डले पेस गरिसकेपछि जेजे त्यहाँभित्र , त्यसको प्रतिउत्तर उहाँले दिइ सक्नुभयो लिखित प्रतिउत्तर दिनेअनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नु भएको , कहाँ गएर खोजिराख्नु भएको बाहिरबाट समस्याको समाधान हुँदैन

अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टी भित्र देखिएका समस्याको समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनिउहाँकै भएको बताउनुभयो बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको पनि शाक्यले बताउनुभयो

भेलालाई सम्बोधन गर्न पुग्नुभएकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरूसँग कुराकानी गर्दै शनिबारको बैठकमाअध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसाललेबताउनुभयो

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्नँ भन्नुभएको हो भोलिको बैठकमा आउनु हुन्नँ भन्ने लाग्दैन आफैले ३८ पेजकोप्रस्ताव पेस गर्नुभएको उहाँसित सम्बन्धित भएर सचिवालयमा अरूले पनि प्रस्ताव राख्नुभएको ती प्रस्तावहरूको छलफलमासहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न उहाँ आउनुहुन्छ, आउनुपर्छ बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन

उहाँले जसले समस्याको छलफल गर्न सक्छ वा अन्तर्विरोधको हल गर्न सक्छ, त्यो मात्रै सही नेतृत्व हुने बताउनुभयो उहाँले बैठकहरूनिरन्तर अगाडि बढाउने बताउनुभयो

भेलालाई दाहालनेपाल निकट स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरू रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैह्रे लगायतले सम्बोधन गर्नुभयो भेलामा पत्रकारहरूलाई प्रवेश गर्न दिइएको थिएन   

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago