{"subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1607135752433","source":"other","origin":"unknown","source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1607135805862"}
टोकियो ।गत सेप्टेम्बरमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका योशिहिदे सुगाले मोबाइल सेवा प्रदायकहरुलाई बारम्बार मोबाइल फोनको शूल्क कटौतीका लागि भनिरहेका छन् ।
यसैलाई मध्यनजर गर्दै जापानको वायरलेश दूरसञ्चार सेवा प्रदायक कम्पनी एनटीटी डोकोमोले मार्चदेखि २ हजार ९८० येनको २२ गिगाबाइटका मासिक योजना ल्याउने भएको छ । कम्पनीले बिहिवार यस्तो बताएको हो ।
सरकारले मोबाइल फोनको शूल्क घटाउँन दबाब दिएसँगै केडीडीआई कर्पोरेशन र सफ्टबैंक कर्पोरेशनले अक्टोबरमा नयाँ २० गिगाबाइट योजनाको शूल्क घटाएका थिए ।
जापानको मोबाइल फोन बजारमा यी तीन कम्पनीको हिस्सा ९० प्रतिशत रहेको छ ।यो अन्य प्रतिस्पर्धी कम्पनीहरुले ल्याएको यस्तै योजना भन्दा सस्तो हो ।
एयू ब्रान्ड सञ्चालक केडीडीआईको भ्वाइस कल बिनाको मासिक प्याकेज फेबु्रअरी देखि भने ३ हजार ९८० येनमा उपलब्ध हुनेछ ।सफ्टबैंकले पनि वाई मोबाइल ब्रान्ड अन्तर्गत डिसेम्बरको अन्त्यदेखि ४ हजार ४८० येनमा २० गिगाबाइटको मासिक योजना ल्याउँदैछ । यसमा भने १० मिनेटसम्म निःशुल्क भ्वाइस कल हुनेछ । केडीडीआईको सबैभन्दा सस्तो भ्वाइक कल अप्शन मासिक ६० मिनेट भ्वाइस कललाई ५०० येन पर्नेछ ।
एनटीटी डोकोमोको नयाँ योजनामा पाँच मिनेट वा सो भन्दा छोटो अवधिको हरेक भ्वाइस कल निःशुल्क हुनेछ ।
यी योजनाहरु कम्पनीहरुको विद्यमान सेवा भन्दा निकै सस्तो हो । एनटीटी डोकोमोको मासिक ३० गिगाबाइट योजनाको मूल्य ७ हजार १५० येन पर्दछ ।
कम्पनीले २० वर्ष आसपासका युवाहरुलाई लक्षित गरेर प्रतिस्पर्धात्मक मूल्य योजना ल्याएको एनटीटी डोकोमोका अध्यक्ष तथा सीईओ मोतोयुकी ईले पत्रकार सम्मेलनमा बताए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…