फोटो फाईल
काठमाडौँ। कोरोना भाइरस संक्रमणको महामारीका बेला पीसीआर परीक्षण र उपचारमा शुल्क लिने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकोसरकारको निर्णयमा ठूलो धक्का लागेको छ ।
सर्वाेच्च अदालतले यसअघि नै शुल्क लिने निर्णयलाई गलत साबित गर्दै कोरोनाको परीक्षण र उपचार निःशुल्क हुनुपर्ने फैसलागरिसकेको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वाेच्च अदालतको फैसला संविधान र कानून विपरीत भएको भन्दैसर्वाेच्च अदालतमा फैसलाउपर पुनरावलोकनका लागि अनुमति माग गर्दै निवेदन दिएको थियो ।
सर्वाच्च अदालतको बुधवारको पूर्ण इजलाशले कोरोनाको उपचार निःशुल्क हुने यसअघिको फैसला कानूनसम्मत नै भएको ठहर गर्दैपुनरावलोकनका लागि ‘अनुमति नहुने’ फैसला गरेको छ । यससँगै उपचारको शुल्क लिन नपाइने सर्वाेच्चको फैसलालाई खारेजगराउने सरकारी प्रयास असफल भएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की, सपनाप्रधान मल्ल र पुरुषोत्तम भण्डारीले पूर्ण इजलाशले फैसला पुनरावलोकनका लागि अनुमति नहुनेफैसला गरेको हो ।
कोरोनाको परीक्षण र उपचारमा नलिन सर्वाेच्च अदालतले सुनाएको परमादेश विपरीत सरकारले शुल्क लिने निर्णय र निर्देशन जारीगरिरहेको छ । यसले सर्वाेच्च अदालतको अवहेलना भएको भन्दै सर्वाेच्च अदालतमा सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा समेतपरेको छ । अदालतको अवहेलना मुद्दा परेपछि सरकारले परमादेश पुनरावलोकनको अनुमति माग्न निवेदन दिएको थियो ।
कोरोनाको उपचार निःशुल्क हुनुपर्ने मागसहित सर्वाेच्च अदालतमा निवेदन दिएका अधिवक्ता लोकेन्द्र ओलीले भने, ‘अब कोभिड १९को सबै उपचार निःशुल्क हुने भयो । सर्वाेच्चको परमादेश नै अन्तिम भयो । उपचारमा शुल्क लिने सबै कानूनी ढोका सधैका लागि बन्दभए ।’ अदालतको अवहेलना मुद्दा भने विचाराधीन रहेको छ ।
सरकारले कोरोनाको पीसीआर परीक्षण र उपचारका शुल्क लिने निर्णय गर्दै देशभर निर्देशन दिइसकेको छ । मन्त्रिपरिषद्को निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार सरकारी अस्पतालले समेत कोरोनाको उपचारमा शुल्क लिन थालिसकेका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…