महाकाली नगरपालिकामा स्क्रब टाइफसका बिरामी फेला ।

महाकाली ।  महाकाली नगरपालिकामा तीन जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा तीन जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन्।

उच्च ज्वरो भएर उपचारका लागि आएका ११ जना बिरामीको परीक्षण गर्दा तीन जनामा स्क्रब टाइफसको संक्रमण देखिएको सो केन्द्रले जनाएको छ। स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर उपचारका लागि आएका ११ जना बिरामीको आरडिटी परीक्षण गर्दा तीन जनामा संक्रमण देखापरेको स्वास्थ्य केन्द्रका डा गगन चौधरीले बताए। उनका अनुसार हालसम्म उच्च ज्वरो भएका ५० भन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको र तीमध्ये सात जनाको मृत्यु भइसकेको छ।

उच्च ज्वरोका कारण मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी परिचालन गरेर बिरामी र मृत्यु भएका बिरामीको आफन्तको रगत परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो। त्यसको नतिजा अहिलेसम्म आएको छैन। 

परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने स्वास्थ्यकर्मीले बताएका छन्। उनीहरुका अनुसार संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुनेलगायतका लक्षण देखापर्ने गर्छ। 

रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको डा चौधरीको भनाइ छ। किर्नाको टोकाइबाट बँच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र कहीँ बस्नुपर्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने उनले बताए।

Bishawas Acharya

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago