कोरोनाका बिरामी बढेपछि नेपालगन्ज लाई पूर्ण निषेधितक्षेत्र घोषणा

२२, वैशाख । बाँके जिल्लामा कोरोना संक्रमित बिरामीको संख्या लगातार बढेपछि नेपालगन्ज बजार क्षेत्रमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले २३ गते मङ्गलबार विहान ११ बाँके बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । कोरोना भाइरस को कारण जारी लकडाउनसंगै नेपालगन्ज उपमहानगरपालिकामा पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । बाँकेमा एकै दिन १५ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली कम्तीमा तीन दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो । कर्फ्यूको समयमा नेपालगन्जमा औषधी पसलवाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । एकैदिन धेरै संख्यामा कोरोना संक्रमणका बिरामी भेटिएपछी नेपालगन्ज क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago