{"subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1588145164674","source":"other","origin":"gallery","source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1588599376023"}
सन्ताेष गहतराज , पाल्पा,बैशाख २३ । तानसेन नगरपालिका वडा नं २ ले विपन्न घरपरिवारलाई सहुलियतमा करिब २६० घरपरिवारलाई राहत प्रदान गरेकाे छ ।
वडा कार्यालयले नगरपालिकाले निर्धारण गरेकाे मापदण्ड अनुसार वडा भित्रका विपन्न जनजाति १७०,खस क्षेत्री अन्य ६१,अल्पसंख्यक मुस्लिम १७,दलित १६ र आप्रबासी १२ गरि करिब २६० घरपरिवारलाई सहुलियतमा राहत प्रदान गरेकाे वडा अध्यक्ष वरूण प्रसाद रेग्मीले बताउनु भयाे ।
वडाले सहुलियतमा चामल,दाल,नुन,तेल लगाएत अन्य अत्यावश्यक बस्तु प्रदान गरिएकाे वडा सदस्य शान्ति झेडीले बताउनु भयाे । राहत वितरण कार्यक्रममा महेश्वर श्रेष्ठ , मन्जु रणपाल लगाएको सहभागिता रहेकाे थियाे ।
वडाले पहिलो चरणमा दैनिक ज्यालादारी तथा काेठा भाडामा बस्ने करिब १०५ विपन्न घरपरिवारलाइ राहत प्रदान गरिसकेकाे छ । अब लकडाउन लम्बिएमा राहत प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…