स्वाब परिक्षणलाई तिन जनाको नमुना संकलन

किरण कौशल
पाल्पा, २२ चैत्र
पाल्पा अस्पतालबाट एक जना र लुम्बिनी मेडिकल कलेजबाट २ जना गरी जिल्लाबाट तिन जनाको स्वाब (घाँटीको खकार) परिक्षणलाई नमुना संकलन गरी परिक्षणलाई पठाएको छ । पाल्पा अस्पतालबाट बगनासकाली गाउँपालिका २ पोखराथोक एक व्यक्ति र लुम्बिनी मेडिकल कलेजबाट माथागढी गाउँपालिका ४ झडेवाका २ जनाको स्वाब परिक्षणलाई संकलन गरिएको हो । उच्च ज्वरो र रुघाखोकीका बिरामीको कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखापरेकाले तिन जनाको स्वाब परिक्षणलाई पठाएको अस्पतालका निमित्त प्रमुख डा.पुष्प ज्ञवालीले बताए । तिनै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । प्रदेशबाट ल्याएको स्वाब संकलन गर्ने किट अब ४ बाँकी रहेको छ । युनाइटेड मिशन अस्पताल, लुम्बिनी मेडिकल कजेलमा गरी स्वाब संकलन गर्ने दुई जना तालिम प्राप्त जनशक्ति रहेका छन् । उनीहरुलाई गाउँपालिकाको पहलमा अस्पताल भर्ना गरिएको हो । जिल्लाका ४ स्वास्थ्य संस्थामा ३८ शैया आइसोलेसन तयारी अवस्थामा रहेपनि हालम सम्म ३ जना मात्रै आइसोलेसनमा भर्ना भएका छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago