स्वाब परिक्षणलाई तिन जनाको नमुना संकलन

२०७६, २२ चैत्र शनिबार १७:४२
COVID-19 Lockdown Nepal

किरण कौशल
पाल्पा, २२ चैत्र
पाल्पा अस्पतालबाट एक जना र लुम्बिनी मेडिकल कलेजबाट २ जना गरी जिल्लाबाट तिन जनाको स्वाब (घाँटीको खकार) परिक्षणलाई नमुना संकलन गरी परिक्षणलाई पठाएको छ । पाल्पा अस्पतालबाट बगनासकाली गाउँपालिका २ पोखराथोक एक व्यक्ति र लुम्बिनी मेडिकल कलेजबाट माथागढी गाउँपालिका ४ झडेवाका २ जनाको स्वाब परिक्षणलाई संकलन गरिएको हो । उच्च ज्वरो र रुघाखोकीका बिरामीको कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखापरेकाले तिन जनाको स्वाब परिक्षणलाई पठाएको अस्पतालका निमित्त प्रमुख डा.पुष्प ज्ञवालीले बताए । तिनै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । प्रदेशबाट ल्याएको स्वाब संकलन गर्ने किट अब ४ बाँकी रहेको छ । युनाइटेड मिशन अस्पताल, लुम्बिनी मेडिकल कजेलमा गरी स्वाब संकलन गर्ने दुई जना तालिम प्राप्त जनशक्ति रहेका छन् । उनीहरुलाई गाउँपालिकाको पहलमा अस्पताल भर्ना गरिएको हो । जिल्लाका ४ स्वास्थ्य संस्थामा ३८ शैया आइसोलेसन तयारी अवस्थामा रहेपनि हालम सम्म ३ जना मात्रै आइसोलेसनमा भर्ना भएका छन् ।

Comments

ताजा खबर