जापान प्रवेशमा खुकुलो बनाउने निर्णय गरेको छ

२०७८, ५ फाल्गुन बिहीबार २०:५७

जापान । जापान प्रवेश प्रतिक्षा गरिरहेका बिदेशीलाई आउदो मार्च १ तारिखबाट जापान प्रवेशमा खुकुलो बनाउने निर्णय गरेको छ ।

फाइल फोटो

जापानको बर्तमान सरकारको घटक दल कोमोईतोका नेताहरुले पनि जापानको कामदार समस्या सहित जापानको अर्थतन्त्रलाई चलयमान बनाउन पनि बिदेशीलाई जापान प्रवेश गर्न दिनुपर्ने बताउदै आएकोमा वर्तमान प्रधानमन्त्री फुमियो किसिदाले पहिलो चरणमा ब्यवसायी सहित विद्यार्थीलाई मार्च १ बाट प्रवेश दिने निर्णय गरेका हुन । लामो समयको प्रतिक्षापछि सिओई लेटर प्राप्त गरेका नेपाली विद्यार्थीलाई जापान प्रवेशमा सहज हुने भएकोछ ।

नेपाली ब्यवसायीहरु पनि जापानले प्रवेश प्रतिबन्ध खुलेको छ । सिमा खोल्ने निर्णयसगै प्रधानमन्त्री फुमिओ किशिदाले बिहिबार सबै यात्रुहरुका लागि क्वारन्टिन अवधि घटाएर तीन दिनमा झार्ने निर्णय गरेका छन । साथै महामारी नियन्त्रणमा आइसकेका देशहरुबाट आउने यात्रीहरुलाई क्वारन्टिनमा पूर्णतः छूट दिन सकिने पनि बताइएको छ ।

Comments

ताजा खबर