एनआरएनए मध्यपूर्वले क्षेत्रीय उद्धार समिति गठन गरेको छ ।

काठमाडौ चैत्र २२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले बिदेशमा  रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई मध्य नजर रख्दै सहजीकरण गर्नका लागि  गैरआवासीय नेपाली संघ, मध्यपूर्व  क्षेत्रीय उद्धार समिति गठन गरेको छ।

एनआरएनए ले मध्यपूर्व संयोजक प्रविन गुरुङ्ग (कतार) को संयोजकत्वमा २३ सदस्य मुख्य समिती १७ सदस्य सल्लाहाकार मण्डल , ७ सदस्य मिडिया बिभाग गठन गरेकोछ । समितिले अहिलेको आपत्कालिन अबस्थामा सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ। 

कोरना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गई रहेको अबस्था प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको छ । यो समितिले मध्यपुर्बका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन् ।

त्यसैगरी कोरोना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको समितिका प्रवक्ता राजेन्द्र अर्यालले बताएका छन् ।

बिदेशमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ । अनलाइन मार्फत सम्पुर्ण नेपालीहरूसँग सम्पर्क  गरी  आबश्यक अनुसार समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारको आह्वानलाई सम्पूर्ण प्रवासी कामदारहरूमाझ पुर्‍याउने काम पनि यो समितिलाई दिइएको छ । समितिका संयोजक एनआरएनएका मध्यपूर्व संयोजक प्रविन गुरुङ (कतार) ले भविष्यमा मध्यपूर्वमा परिआउने जस्तोसुकै समस्यालाई एनआरएनले सहयोग गर्ने बताएका छन्।

समितिले अहिलेको आपत्कालिन अबस्थामा सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ। (साउदी-००९६६५०४४३८३७७)रहेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago