एनआरएनए मध्यपूर्वले क्षेत्रीय उद्धार समिति गठन गरेको छ ।

काठमाडौ चैत्र २२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले बिदेशमा  रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई मध्य नजर रख्दै सहजीकरण गर्नका लागि  गैरआवासीय नेपाली संघ, मध्यपूर्व  क्षेत्रीय उद्धार समिति गठन गरेको छ।

एनआरएनए ले मध्यपूर्व संयोजक प्रविन गुरुङ्ग (कतार) को संयोजकत्वमा २३ सदस्य मुख्य समिती १७ सदस्य सल्लाहाकार मण्डल , ७ सदस्य मिडिया बिभाग गठन गरेकोछ । समितिले अहिलेको आपत्कालिन अबस्थामा सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ। 

कोरना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गई रहेको अबस्था प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको छ । यो समितिले मध्यपुर्बका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन् ।

त्यसैगरी कोरोना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको समितिका प्रवक्ता राजेन्द्र अर्यालले बताएका छन् ।

बिदेशमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ । अनलाइन मार्फत सम्पुर्ण नेपालीहरूसँग सम्पर्क  गरी  आबश्यक अनुसार समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारको आह्वानलाई सम्पूर्ण प्रवासी कामदारहरूमाझ पुर्‍याउने काम पनि यो समितिलाई दिइएको छ । समितिका संयोजक एनआरएनएका मध्यपूर्व संयोजक प्रविन गुरुङ (कतार) ले भविष्यमा मध्यपूर्वमा परिआउने जस्तोसुकै समस्यालाई एनआरएनले सहयोग गर्ने बताएका छन्।

समितिले अहिलेको आपत्कालिन अबस्थामा सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ। (साउदी-००९६६५०४४३८३७७)रहेका छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago