भबिन्द्र गौतम, २२ चैत्र पाल्पा
नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ । स्वास्थ तथा जनसन्ख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार धनगढीमा तीनैजना कोरोना संक्रमीत भेटिएको हो । योसँगै पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो भने शनिबार उनकी आफन्त एक जना ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ। ती महिला संक्रमित युवककी भाउजु भएको बुझिएको छ । कौलाली मा बिदेशबाट आएका ब्यक्तीबाट संक्रमण सरेसङै पहिलोपटक एक ब्यक्ती बाट अर्को ब्यक्तिमा कोरोना फैलिएको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…