फोटो फाईल
भरतपुर, चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ ।अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो ।
पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाउनुभएको थियो । ‘नेपालीरामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोगपुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “यस साङ्गीतिक पारायणले माडी अयोध्यापुरीमा निर्माण हुन लागेकोरामधामको अभियानमा समेत सहयोग पुग्नेछ भन्ने मलाई विश्वास लागेको छ”, उहाँले पठाएको शुभकामना सन्देशमा भनिएको छ, “भौगोलिक तथा पुरातात्विक अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको हो ।” रामधामनिर्माणपछि माडीको पर्यटन प्रवद्र्धन, प्राचीन सभ्यताको सम्वद्र्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ ।
सोह्रौँ शताब्दीमा गोस्वामी तुलसीदासद्वारा अवधि भाषामा लिखित हिन्दूहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्मालेनेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नुभएको हो । सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायणशुरु भएको हो ।
एक दिवसीय साङ्गीतिक कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कलासंस्कृतिको संरक्षण गर्नमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभो ।साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा अगाडि बढाइएको माडीमा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहलगर्ने बताउँदै उहाँले माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गर्नुभयो।
हरिहर सन्न्यास आश्रम देवघाटले ‘नेपाली रामचरितमानस’ नाम दिई उक्त पुस्तक प्रकाशनमा ल्याएपछि नेपाल र भारतसँगै विश्वका धेरैदेशमा यसको पारायण थालिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलकोअध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…