पूर्वसभामुख महरा पत्नी सीताको उपचारको क्रममा निधन

काठमाडौं, पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महराकी जीवन संगिनी सीता महराको उपचारको क्रममा निधनभएको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई केही दिनअघि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो

महराको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो उनलाई शुक्रबार बिहान बजेतिर एभरेष्ट एरलान्सकोहेलिकोप्टरमार्फत दाङको घोराहीबाट काठमाडौं ल्याइएको थियो

उनलाई गम्भीर प्रकृतिको निमोनिया भएको त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि काठमाडौं ल्याइएको थियो

को हुन् सीता महरा ?

सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमापहिलो सन्तानको रुपमा जन्मिएकी थिइन्

कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा दुई छोरी रहेका छन्।

महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारीरिकमानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरातोड्न सफल भएकी थिइन् त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घरछोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाटपारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्दै आएकी थिइन्

गएको दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खाअस्पतालमा भर्ना गरिएको थियो निमोनिया स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौंल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबारआज बिहान :२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago