{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1601854873753","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1601854873721","source":"other","origin":"gallery"}
जापान । बागलुङ समाज जापानको तेश्रो अधिवेशन आईतबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले प्रेम प्रसाद कँडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ३१ सदस्सिय कार्यसमिति गठन गरेको छ ।
अधिबेशनबाट प्रेम आचार्य ,कृष्ण सुवेदी (गंगा),यम कान्त कडेल , बिरोध चालिसे र गुरू प्रसाद सापकोटा उपाध्यक्ष बन्नुभएको छ । त्यस्तै राजु के. सी. महासचिव तथा सुनिता श्रीस मगर र शोभा के. सी. (गिता) सचिव हुनुभएको छ । अधिवेशबाट बिष्णु सापकोटा कोषाध्यक्ष ,भूपेन्द्र सापकोटा सह-कोषाध्यक्ष ,चेतन पौडेल प्रवक्ता,बिना खड्का महिला संयोजक र बसन्त आचार्य युवा संयोजकमा निर्विरोध चयन हुनुभएको छ ।
भने सदस्यहरुमा क्रमशः सुजन शर्मा, टि. एन. घिमीरे ,प्रवेश खत्री ,मिना पुन,शुजाता कार्की (राधिका),कृष्ण प्रसाद कडेल, अर्जुन सुवेदी, अनिल कुमार निर्देश ,टेक बहादुर के. सी. ,प्रकाश कडेल ,दिपक कडेल (सफल) बसन्त थापा ,लक्ष्मी के. सी.,गंगा कडेल,सन्जय छन्त्याल,गोविंद पौडेल ,केशब सुवेदी निर्वाचित हुनुभएको छ।
अधिवेशनले महासचिव कृष्ण सुवेदी (गंगा) को प्रगती प्रतिवेदन र कोषाध्यक्ष यमकान्त कँडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो।
कार्यक्रममा गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ ,एनआरएनए आईसिसि सदस्य ईन्दिरा सुजुकी,एनआरएनए जापानका अध्यक्ष देबीलाल भन्डारी ,एनआरएनए जापानको महिला संयोजक संगिता अधिकारी,नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, बागलुङ समाजका संस्थापक अध्यक्ष राजबिन थापा, संरक्षक बेलुकाजी थापा ,दिपक सुबेदी, डिपी कंडेल,दिलु खत्री , नरबहादुर थापा, रामकृष्ण बम मल्ल ,अनेसास केन्द्रिय सदस्य दीप पाठक, खानागावा कम्युनिटीका अध्यक्ष हरी सापकोटा, प्रवासी नेपाली एकता मञ्चका बाबुराम भन्डारी, जनसम्पर्क समितिका पिताम्बर चापागाईं, बिहुकोट समाजका पूर्व अध्यक्ष देबिलाल सुबेदी,नवलपुर समाजका अध्यक्ष सागर कँडेल, सुदूरपश्चिमेली समाजका पदम ठगुन्ना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष सिद्धार्थ श्रेष्ठको अध्यक्षता , सह- कोषाध्यक्ष शोभा केसीको स्वागत , उपाध्यक्ष महेन्द्र पिसिको धन्यवाद मन्तव्य तथा सचिव राजु केसीको संचालनमा सम्पन्न भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…