बागलुङ समाज जापानको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा प्रेम कँडेल ।

जापान । बागलुङ समाज जापानको तेश्रो अधिवेशन आईतबार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले प्रेम प्रसाद कँडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा ३१ सदस्सिय कार्यसमिति गठन गरेको छ ।

अधिबेशनबाट  प्रेम आचार्य ,कृष्ण सुवेदी (गंगा),यम कान्त कडेल , बिरोध चालिसे र गुरू प्रसाद सापकोटा उपाध्यक्ष बन्नुभएको छ । त्यस्तै राजु के. सी. महासचिव तथा सुनिता श्रीस मगर र शोभा के. सी. (गिता) सचिव हुनुभएको छ । अधिवेशबाट बिष्णु सापकोटा कोषाध्यक्ष ,भूपेन्द्र सापकोटा सह-कोषाध्यक्ष ,चेतन पौडेल प्रवक्ता,बिना खड्का महिला संयोजक र  बसन्त आचार्य युवा संयोजकमा निर्विरोध चयन हुनुभएको छ । 

भने सदस्यहरुमा क्रमशः सुजन शर्मा, टि. एन. घिमीरे ,प्रवेश खत्री ,मिना पुन,शुजाता कार्की (राधिका),कृष्ण प्रसाद कडेल, अर्जुन सुवेदी, अनिल कुमार निर्देश ,टेक बहादुर के. सी. ,प्रकाश कडेल ,दिपक कडेल (सफल) बसन्त थापा ,लक्ष्मी के. सी.,गंगा कडेल,सन्जय छन्त्याल,गोविंद पौडेल ,केशब सुवेदी निर्वाचित हुनुभएको छ। 

अधिवेशनले महासचिव कृष्ण सुवेदी (गंगा) को प्रगती प्रतिवेदन र कोषाध्यक्ष यमकान्त कँडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो। 

कार्यक्रममा गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ ,एनआरएनए आईसिसि सदस्य ईन्दिरा सुजुकी,एनआरएनए जापानका अध्यक्ष देबीलाल भन्डारी ,एनआरएनए जापानको महिला संयोजक संगिता अधिकारी,नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, बागलुङ समाजका संस्थापक अध्यक्ष राजबिन थापा, संरक्षक बेलुकाजी थापा ,दिपक सुबेदी, डिपी कंडेल,दिलु खत्री , नरबहादुर थापा, रामकृष्ण बम मल्ल ,अनेसास केन्द्रिय सदस्य दीप पाठक, खानागावा कम्युनिटीका अध्यक्ष हरी सापकोटा, प्रवासी नेपाली एकता मञ्चका बाबुराम भन्डारी, जनसम्पर्क समितिका पिताम्बर चापागाईं, बिहुकोट समाजका पूर्व अध्यक्ष देबिलाल सुबेदी,नवलपुर समाजका अध्यक्ष सागर कँडेल, सुदूरपश्चिमेली समाजका पदम ठगुन्ना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष सिद्धार्थ श्रेष्ठको अध्यक्षता , सह- कोषाध्यक्ष शोभा केसीको स्वागत , उपाध्यक्ष महेन्द्र पिसिको धन्यवाद मन्तव्य तथा सचिव राजु केसीको संचालनमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago