पाल्पा , असोज १८ । युवा सजगता अभियान पाल्पाले स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै युवा सजगता अभियान पाल्पाले आइतबार प्रदर्शन गरेको हो ।

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै शान्तिपूर्ण रुपमा प्रदर्शन गरिएको अभियानका जिल्ला संयोजक कृष्ण अर्यालले बताए । कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य हरिवोल भट्टराई, नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका इकाई उपसभापति पुण्य सुवेदी, संघका कार्यवाहक ईकाइ सभापति सुवास गैरे, स्वतन्त्र पत्रकार महासंघका केन्द्रिय महासचिव जीवलाल सुवेदी लगायतले १९ पटकसम्म अनशन बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनीहरुले सत्याग्रहीको जीवन रक्षा गर्न सरकार समक्ष माग गरेका छन् । उनीहरुले जीवन नै दाउमा राखेर चिकित्सा क्षेत्र सुधारका लागि डा.केसी लागेकाले सबै क्षेत्रबाट दबाबमुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

जुम्लामा १९ औं चरणको सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) छन् । प्रदर्शनमा अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखएकोमा प्रदर्शनकारीहरुले खेद जनाएका थिए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago