पाल्पा , असोज १८ । युवा सजगता अभियान पाल्पाले स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै युवा सजगता अभियान पाल्पाले आइतबार प्रदर्शन गरेको हो ।

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै शान्तिपूर्ण रुपमा प्रदर्शन गरिएको अभियानका जिल्ला संयोजक कृष्ण अर्यालले बताए । कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य हरिवोल भट्टराई, नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका इकाई उपसभापति पुण्य सुवेदी, संघका कार्यवाहक ईकाइ सभापति सुवास गैरे, स्वतन्त्र पत्रकार महासंघका केन्द्रिय महासचिव जीवलाल सुवेदी लगायतले १९ पटकसम्म अनशन बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । उनीहरुले सत्याग्रहीको जीवन रक्षा गर्न सरकार समक्ष माग गरेका छन् । उनीहरुले जीवन नै दाउमा राखेर चिकित्सा क्षेत्र सुधारका लागि डा.केसी लागेकाले सबै क्षेत्रबाट दबाबमुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

जुम्लामा १९ औं चरणको सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) छन् । प्रदर्शनमा अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखएकोमा प्रदर्शनकारीहरुले खेद जनाएका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago