काठमाडौँ, असोज १८ । १९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो ।
पूर्वस्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चारजना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूसँगै कर्मचारी र सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो ।
१९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थियो । शनिबार आएको रिपोर्टमा केन्द्रीय सदस्य थापा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएको हो । १५ जना केन्द्रीय सदस्यको पुनः परीक्षण गरिने भएको छ भने केहीको रिपोर्ट आउन बाँकी छ ।
कोरोना संक्रमण पुष्टि भएपछि थापा र केसीले होम आइसोलेसनमा बसिरहेको जनाएका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…