राम प्रसाद बस्याल , साउदी अरब । संगीत क्षेत्रको विधामा पहिलो कलम चलाउनु भएकी ईश्वरीको गीत २०७७ भदौ १८ गते देखि बजारमा आएको छ, “बरको पात” ।
https://youtu.be/lpo30Kt6dRg
बर र पीपल प्राय सँगै हुन्छ विशेष गरि चौतारी मा हामी बर र पीपल को जोडि अधिकाम्श रुपमा देख्न सक्छौ। हो, सर्जक अर्यालको शब्दमा सजिएको गीतमा माया प्रेमको प्रसंग रहेको पाइन्छ । गीतका शब्दहरु सुन्दा निकै पुरानो र अनुभवी सर्जक को भन्दा केही कमि छैन सिकर्मीले तिखारेका बुट्टाजस्तै छन् । सुरुमा सुन्ने बितिकै देखि लिएर गीतको अन्त्य सम्म नसुनी मनले नमान्ने खालको गीत छ । शब्द निकै कर्णप्रिय छन् ।
यी शब्दलाई सुमधुर आवाजमा चर्चित लोक तथा दोहोरि गायक कुलेन्द्र बिश्वकर्मा र सञ्जिता श्रेष्ठले अत्यन्तै मिठास र गीतलाई न्याय दिएर गाउनु भएको छ । पछिल्लो समयका चर्चित र सफल गायक बिश्वकर्माको स्वर सुनिरहुँजस्तो छ सायद लोक बिधामा कुलेन्द्र लाई नचिन्ने बिरलै हुनुहुन्छ होला। हुन त कुलेन्द्रका यसअघिका गीत पनि अति कर्णप्रिय र चर्चित नभएका होइनन । गीतमा शब्द, संगीत र स्वरको तालमेल अति नै मिलेको छ ।
गीतमा प्रिय कुमारले कत्ति पनि कन्जुस्याइँ नगरी संगीत संयोजन गरेका छन् । उनको सीपको हामी सम्मान गर्नै पर्छ। अनि समिर ठोकानको निर्देशनमा कुनै ठेस लगाउने ठाउँ नै पाइन्न लोक दोहोरी गीत ‘बरको पात’ मा ।
बरको पात लोकदोहोरी गीतमा सर्जक ईश्वरीको पहिलो प्रयास भनिए पनि शब्द संयोजनमा अत्यन्तै राम्रो निखार छ । अध्ययनको सिलसिलामा जापानमा रहेकी अर्याल अरु पनि शब्द कार्न भ्याए पनि रेकर्डिङ भएको चाहिँ यो पहिलो हो भन्नू हुन्छ ।
निकै मिलनसार र सहयोगी भावना कि अर्याल अध्ययन र कामबाट निस्केको समय शब्द रचनामा लगाउने आफ्नो पहिलेदेखिको रुचिको विषय गीत संगीत भए पनि यसतर्फ लाग्न नपाएको बताउँछिन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ३, साविकको मैदी अमराईमा जन्मे, हुर्के र विद्यालय शिक्षा त्यही आर्जन गरेकी अर्याल आगामी दिन गीत संगीत र रचनामै लगाउने बताउँछिन। बिदेश मा रहेर पनि गीत संगीत लाई माया गर्ने र गीत संगीत का लागि समय खर्चिनु चुनौती को कुरा पनि हो तसर्थ हामि नव सर्जक ईश्वरी अर्याल लाई सधै सम्मान गर्छौ आगामी दिनमा पनि उहाको कलम को गति निरन्तर बढोस र अहिले लाई बरको पात ले सफलता हासिल गरोस हामी सबैले सफलताको कामना गर्दछौ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…