Categories: समाज

फरक क्षमता भएका बन्दिपाेखराका गंगा बिसी आरन कामबाट परिवार पाल्दै

सन्ताेष गहतराज-पाल्पा, मानिस शारीरिक रूपमा कमजोर भए पनि त्याे मानिसले क्षमतावन मानिस जस्तै काम गर्न सक्दछन भन्ने कुरालाई गंगा बिसीले प्रमाणित गरेका छन ।

रिब्दिकाेट गाउँपालिका वडा न ६ घर भएका तर अहिले तानसेन नगरपालिका वडा न ११ बस्ने गंगा बिसी ,उनी शारीरिक रूपमा अरू सामान्य मानिस भन्दा केही फरक क्षमता भएका छन । सानाेमा टाइफाइडकाे कारण उनकाे एउटा खट्टाले काम गर्दैन तर उनी भने अारनी काम गरेर परिवार पाल्दै अाएका छन ।

केही समय अगाडि भारतमा हाेटलमा काम गर्ने बिसीले पछिल्लो समयमा स्वदेशमा नै अाफ्नाे पुर्खा बाबू बाजेले गरेकाे कामलाई निरन्तरता दिदै अहिले अारनी काम गर्दै अाएकाे बताउदछन । करिब ३८ बर्षिय बिसीकाे घरमा अहिले ३ वटी छाेरी,१ छाेरा ,अामा अाफु र श्रीमती रहेकी छन ।

सामान्यत जीवन शैली यापन गर्न मन पर्छ भन्ने बिसी अहिले अारानी कामबाट मासिक १२ हजार सम्म कमाउने बताउछन । शूरूमा अाफु गाउँ छाेडी बस्न अाउदा जीवन यापन गर्न निकै कठिन भएको बताउने बिसीले केही बर्ष अगाडि मेसिन ल्याई जडान गरेर सामान बनाउन थाले पछि अहिले धेरै ग्राहकहरू अाउने गरेकाे बताउदछन । अहिले उनले हसिया,काेदालाे,खाेडा,खुकुरी तथा अन्य सामाग्रीहरू मर्मत तथा नया सामाग्रीहरू निर्माण गर्ने गरेको छन । उनकाे घरमा अहिले  पछिगाउँ,छापथाेक,बडहरबाेट,अामडाडा,गाबुडाडा,तिलाहार,जुकिया लगाएत अन्य ठाउहरूबाट पनि सामाग्रीहरूकाे मर्मत तथा नया सामाग्रीकाे खरिद गर्न मानिसहरू अाउने गरेको बताउदछन ।

घरमा ४ जना छाेराछाेरीलाई पढाउन पर्ने ७ जनालाई पाल्नु पर्ने गरेको बताउने बिसीले अारन खाेलेकाे केही समयसम्म त काराेबार नहुदा समस्या पर्छ कि भनेर डराएकाे र पछि पाल्पा सि वि अारका प्रमुख कृष्ण गहतराजले ग्यालेन्टर खरिद गर्न रकम उपलब्ध गराए पछि काम गर्न निकै सजिलो भएको र पछि काम चले पछि दैनिक जीवन यापन गर्न सहज भएको बताउदछन ।

उनले भारतमा काक गरेर मासिक १५ देखि २० हजार सम्म कमाउने गरे पनि अहिले परिवारका सदस्यहरूसँग सँगै बसेर काम गर्न पाउँदा खुशी भएको बताउदछन । कर्ममा विश्वास गर्ने नकि कुरामा विश्व नगर्ने विसी विदेशीयका युवाहरूलाई अाफ्नाे क्षमता अनुसारकाे काम गर्न सकेमा देशमा नै केही गर्न सकिन्छ बताउदछन ।

उनले अारनी कामकाे साथै घरमा पशुपालन पनि गरेका छन । उनले अहिले घरमा भैंसी तथा बाख्रा पालन पनि गरेका छन । श्रीमती ज्यामी काम गर्न पाउँदा ज्यामी काममा समेत हिड्ने गरेकाे र श्रीमान श्रीमती मिलेर नै परिवार चलाएको बताउदछन । अारनी काम गर्दै अाएका बिसीलाई अहिले भने बल्डीङ्ग गर्ने मेसिन अाबश्यक परेकाे बताउनु भयाे ।

उनले भने अहिले काेराेनाकाे कारण काम पनि ठप्प रहेकाे तथा वल्डङ्ग गर्ने मेसिन नहुदा तानसेन जानू पर्ने र अहिले मेसिन नहुला काम ठप्प रहेकाे बताउदछन । उनले भने वल्डीङ्ग गर्ने मेसिन नहुदा तानसेन जानु पर्ने र ल्याएर बनाउदा भाचिएमा फेरि तानसेन गएर वल्डङ्ग गर्नु पर्ने समस्या रहेकाे बताए ।

काम गर्ने अबसर पाएमा फरक क्षमता भएका व्यक्ति पनि क्षमतावान व्यक्ति भन्दा कमजाेर हुदैन भन्ने उदाहरण बनेका छन गंगा बिसी ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago