Categories: समाज

फरक क्षमता भएका बन्दिपाेखराका गंगा बिसी आरन कामबाट परिवार पाल्दै

सन्ताेष गहतराज-पाल्पा, मानिस शारीरिक रूपमा कमजोर भए पनि त्याे मानिसले क्षमतावन मानिस जस्तै काम गर्न सक्दछन भन्ने कुरालाई गंगा बिसीले प्रमाणित गरेका छन ।

रिब्दिकाेट गाउँपालिका वडा न ६ घर भएका तर अहिले तानसेन नगरपालिका वडा न ११ बस्ने गंगा बिसी ,उनी शारीरिक रूपमा अरू सामान्य मानिस भन्दा केही फरक क्षमता भएका छन । सानाेमा टाइफाइडकाे कारण उनकाे एउटा खट्टाले काम गर्दैन तर उनी भने अारनी काम गरेर परिवार पाल्दै अाएका छन ।

केही समय अगाडि भारतमा हाेटलमा काम गर्ने बिसीले पछिल्लो समयमा स्वदेशमा नै अाफ्नाे पुर्खा बाबू बाजेले गरेकाे कामलाई निरन्तरता दिदै अहिले अारनी काम गर्दै अाएकाे बताउदछन । करिब ३८ बर्षिय बिसीकाे घरमा अहिले ३ वटी छाेरी,१ छाेरा ,अामा अाफु र श्रीमती रहेकी छन ।

सामान्यत जीवन शैली यापन गर्न मन पर्छ भन्ने बिसी अहिले अारानी कामबाट मासिक १२ हजार सम्म कमाउने बताउछन । शूरूमा अाफु गाउँ छाेडी बस्न अाउदा जीवन यापन गर्न निकै कठिन भएको बताउने बिसीले केही बर्ष अगाडि मेसिन ल्याई जडान गरेर सामान बनाउन थाले पछि अहिले धेरै ग्राहकहरू अाउने गरेकाे बताउदछन । अहिले उनले हसिया,काेदालाे,खाेडा,खुकुरी तथा अन्य सामाग्रीहरू मर्मत तथा नया सामाग्रीहरू निर्माण गर्ने गरेको छन । उनकाे घरमा अहिले  पछिगाउँ,छापथाेक,बडहरबाेट,अामडाडा,गाबुडाडा,तिलाहार,जुकिया लगाएत अन्य ठाउहरूबाट पनि सामाग्रीहरूकाे मर्मत तथा नया सामाग्रीकाे खरिद गर्न मानिसहरू अाउने गरेको बताउदछन ।

घरमा ४ जना छाेराछाेरीलाई पढाउन पर्ने ७ जनालाई पाल्नु पर्ने गरेको बताउने बिसीले अारन खाेलेकाे केही समयसम्म त काराेबार नहुदा समस्या पर्छ कि भनेर डराएकाे र पछि पाल्पा सि वि अारका प्रमुख कृष्ण गहतराजले ग्यालेन्टर खरिद गर्न रकम उपलब्ध गराए पछि काम गर्न निकै सजिलो भएको र पछि काम चले पछि दैनिक जीवन यापन गर्न सहज भएको बताउदछन ।

उनले भारतमा काक गरेर मासिक १५ देखि २० हजार सम्म कमाउने गरे पनि अहिले परिवारका सदस्यहरूसँग सँगै बसेर काम गर्न पाउँदा खुशी भएको बताउदछन । कर्ममा विश्वास गर्ने नकि कुरामा विश्व नगर्ने विसी विदेशीयका युवाहरूलाई अाफ्नाे क्षमता अनुसारकाे काम गर्न सकेमा देशमा नै केही गर्न सकिन्छ बताउदछन ।

उनले अारनी कामकाे साथै घरमा पशुपालन पनि गरेका छन । उनले अहिले घरमा भैंसी तथा बाख्रा पालन पनि गरेका छन । श्रीमती ज्यामी काम गर्न पाउँदा ज्यामी काममा समेत हिड्ने गरेकाे र श्रीमान श्रीमती मिलेर नै परिवार चलाएको बताउदछन । अारनी काम गर्दै अाएका बिसीलाई अहिले भने बल्डीङ्ग गर्ने मेसिन अाबश्यक परेकाे बताउनु भयाे ।

उनले भने अहिले काेराेनाकाे कारण काम पनि ठप्प रहेकाे तथा वल्डङ्ग गर्ने मेसिन नहुदा तानसेन जानू पर्ने र अहिले मेसिन नहुला काम ठप्प रहेकाे बताउदछन । उनले भने वल्डीङ्ग गर्ने मेसिन नहुदा तानसेन जानु पर्ने र ल्याएर बनाउदा भाचिएमा फेरि तानसेन गएर वल्डङ्ग गर्नु पर्ने समस्या रहेकाे बताए ।

काम गर्ने अबसर पाएमा फरक क्षमता भएका व्यक्ति पनि क्षमतावान व्यक्ति भन्दा कमजाेर हुदैन भन्ने उदाहरण बनेका छन गंगा बिसी ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago