पाल्पा क्षेत्र न १ बाट वामदेवको चर्चा मनगडन्ते कुरामात्र सांसद: दल बहादुर राना ।

सन्ताेष गहतराज , पाल्पा, वैशाख २१ ।  प्रतिनिधिसभा पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराएर वामदेवलाई चुनाव लडाउने कुरा मनगडन्ते भएको सांसद रानाले बताएका छन् । पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित नेकपा सांसद दलबहादुर रानाले आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने भन्ने कुरा झुठो र भ्रामक भएको बताएका हुन्। शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको थियो ।

सांसद रानाले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनी भन्छन्, ‘हिजो सचिवालयमा त्यो प्रशंग उठेको पनि छैन । वामदेवको प्रशंग उठेपछि पाल्पादेखे मानिसहरुले । किन देखे थाहा छैन । यसको पछाडी कुनै गम्भिर उहाँहरुको कारण छ कसैलाई उचाल्ने, पछार्ने, थेचार्ने, बदनाम गर्ने भनेदेखी उनैले जान्ने कुरा भयो । पाल्पामा सजिलो देखे होला । रानाले चिनेजानेको उसले मान्छहोेला भन्ने लागेर पत्रपत्रिकाले लेखे । मनगणन्ते काल्पनिक कुरा हो ।’

‘मेरो कोही नेताहरुसँग सम्पर्क नै भएको छैन, मलाई यस विषयमा जानकारी छैन ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा समेत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘‘केही समयदेखी हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक विवादलाई आजको सचिवालय बैठकमा सम्बन्धित नेताहरुले आत्मलोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, ३ जना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय बामदेव गौतमलाई पाल्पा क्षेत्र नं. १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकता विरोधी षडयन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’’

सांसद राना तत्कालीन एमाले विभाजन हुँदा बामदेव गौतम र सीपी मैनालीकै पक्षमा लागेर नेकपा मालेमा गएका थिए । पछि गौतमसँगै पुनः एमालेमा फर्किएका थिए । लामो समय गौतमको नजिकका सांसद राना पूर्वभूमिसुधार मन्त्री पनि हुन् । उनलाई नेता गौतमसँगै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहमा पुगेका थिए ।

२०७४ मंसिर २४ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धनका दलबहादुर राना ३२ हजार ५ सय ४९ मत सहित विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रतिस्पर्धी विजय घिमिरेलाई ९ हजार ६ सय ५६ मतले पछाडी पार्दै विजयी भएका व्यक्ति हुन् । नेपाली कांग्रेसका उम्मेदवार घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गरेका थिए । तत्कालिन नेकपा एमालेका पोलिटब्युरो सदस्य राना २०५१ र २०६४ सालमा सांसद भैसकेका व्यक्ति हुन् । राना २०७० मा भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थियाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago