पाल्पा क्षेत्र न १ बाट वामदेवको चर्चा मनगडन्ते कुरामात्र सांसद: दल बहादुर राना ।

सन्ताेष गहतराज , पाल्पा, वैशाख २१ ।  प्रतिनिधिसभा पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजीनामा गराएर वामदेवलाई चुनाव लडाउने कुरा मनगडन्ते भएको सांसद रानाले बताएका छन् । पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित नेकपा सांसद दलबहादुर रानाले आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने भन्ने कुरा झुठो र भ्रामक भएको बताएका हुन्। शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको थियो ।

सांसद रानाले आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनी भन्छन्, ‘हिजो सचिवालयमा त्यो प्रशंग उठेको पनि छैन । वामदेवको प्रशंग उठेपछि पाल्पादेखे मानिसहरुले । किन देखे थाहा छैन । यसको पछाडी कुनै गम्भिर उहाँहरुको कारण छ कसैलाई उचाल्ने, पछार्ने, थेचार्ने, बदनाम गर्ने भनेदेखी उनैले जान्ने कुरा भयो । पाल्पामा सजिलो देखे होला । रानाले चिनेजानेको उसले मान्छहोेला भन्ने लागेर पत्रपत्रिकाले लेखे । मनगणन्ते काल्पनिक कुरा हो ।’

‘मेरो कोही नेताहरुसँग सम्पर्क नै भएको छैन, मलाई यस विषयमा जानकारी छैन ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा समेत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘‘केही समयदेखी हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक विवादलाई आजको सचिवालय बैठकमा सम्बन्धित नेताहरुले आत्मलोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, ३ जना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय बामदेव गौतमलाई पाल्पा क्षेत्र नं. १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकता विरोधी षडयन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’’

सांसद राना तत्कालीन एमाले विभाजन हुँदा बामदेव गौतम र सीपी मैनालीकै पक्षमा लागेर नेकपा मालेमा गएका थिए । पछि गौतमसँगै पुनः एमालेमा फर्किएका थिए । लामो समय गौतमको नजिकका सांसद राना पूर्वभूमिसुधार मन्त्री पनि हुन् । उनलाई नेता गौतमसँगै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहमा पुगेका थिए ।

२०७४ मंसिर २४ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धनका दलबहादुर राना ३२ हजार ५ सय ४९ मत सहित विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रतिस्पर्धी विजय घिमिरेलाई ९ हजार ६ सय ५६ मतले पछाडी पार्दै विजयी भएका व्यक्ति हुन् । नेपाली कांग्रेसका उम्मेदवार घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गरेका थिए । तत्कालिन नेकपा एमालेका पोलिटब्युरो सदस्य राना २०५१ र २०६४ सालमा सांसद भैसकेका व्यक्ति हुन् । राना २०७० मा भूमिसुधार तथा व्यवस्थामन्त्री बनेका थियाे ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago