कोरोना प्रभावित व्यवसायलाई कर्जामा राष्ट्र ब्यांकको सहजीकरण, ६ महीना व्याज नतिरेका ऋणीको धितो लिलाम नहुने

काठमाडौं, मंसिर १८ नेपाल राष्ट्र ब्यांकले कोभिड–१९ प्रभावित व्यवसायीलाइ दिइने कर्जामा थप सहजीकरण गर्ने भएको छ। होटल, पशुपन्छीसहित कोभिडले प्रभाव पारेकf व्यवासयालई दिइने पुनरकर्जालाई थप सहजीकरण गर्ने व्यवस्था पनि मौद्रिक नीतिको पहिलो समीक्षामार्फत हुने गरिएको नेपाल राष्ट्र ब्यांकका प्रवक्ता गुणाकर भट्टले बताए।

फाइल फोटो

व्यवसायिक पुनरकर्जा, रियल स्टेट, शेयर धितोसहितको कर्जामा पुनरावलोकन गर्ने निर्णय पनि राष्ट्र ब्यांकले गरेको छ। ६ महीना भन्दा बढीको ब्याजको बक्यौता नभएको ऋणिको धितो लिलामी रोकिने भएको छ। राष्ट्र ब्यांकले मौद्रिक नीतिको यस्तो समीक्षामार्फत ६ महीनाभन्दा बढीको ब्याज बक्यौता नभए त्यस्तो ऋणिको धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको पनि भट्टले जानकारी दिए। यसले कोभिडबाट प्रभावित व्यवसायीलाई सहज हुने र अवस्था थप खराब हुनबाट बचाउने छ।

नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीतिको समीक्षा गर्दै कोभिड–१९ प्रभावित व्यवसायलाई सहजता प्रदान गर्ने भएको छ। राष्ट्र ब्यांकले मुद्दती निक्षेप र बचत खाताबीचको ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी हुन नहुने गरी मौद्रिक नीति परीमार्जन गर्ने निर्णय गरेको राष्ट्र ब्यांकका प्रवक्ता भट्टले बताए। “चालु बर्ष २०७७-७८को पहिलो त्रैमासको मौद्रिक नीति समीक्षा गर्दै बचतको व्याज धेरै घट्न नदिने नीति लिने निर्णय गरेको हो”, उनले भने, “मुद्दतिको नौ प्रतिशत बार्षिक व्याजदर भयो भने बचतको दुई प्रतिशत दिने गरिएको छ। अब यसमा पाँच प्रतिशत विन्दूले मात्रै कम हुन पाउने व्यवस्था गर्ने निर्णय भएको छ।”

राष्ट्र ब्यांकले कर्जाको व्याजदर घटाएर व्यावसायिक मनोबल बलियो बनाउने काम गरेको जानकारी दिएको छ। कोभिडले थलिएको अर्थतन्त्रलाई त्राण दिन राष्ट्र ब्यांकले मौद्रिक नीतिलाई परिमार्जन गरेर व्यवसायीमैत्री बनाएको पनि जानकारी दिएको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago