फोटो फाईल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको घटनाको भत्र्सनागर्दै कांग्रेसको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । तनहुँमा हिजो वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिइनुसत्ताको चरम दुरुपयोग भएको पनि उनले बताएका छन् ।
तत्काल पौडेललाई रिहाई गर्न र कांग्रेस नेता, कार्यकर्तामाथिको धरपकड तत्काल बन्द गर्न पनि महामन्त्री कोइरालाले चेतावनी दिएकाछन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भत्र्सनायोग्य छ । लोकतान्त्रिक मूल्यमान्यतामैप्रश्न उठ्ने गरि भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुन्छ । कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारितकार्यक्रम विथोल्ने गरि निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग हो,” उनले भनेका छन्, “कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममैजान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ । लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलतकार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्ने छ । कांग्रेसका नेता, कार्यककर्तामाथि सत्ताको चरम दुरुपयोग गर्दैकसैले दमनको सपना देखेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ । कांग्रेसको धैर्यतालाई कसैले कमजोरी नठानोस् ।”
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…