तानसेन ७ का युवाहरू चप्पल उधाेग सञ्चालन गर्दै साथै रिसाेट पनि खोल्ने तयारी ।(भिडियो)

सन्ताेष गहतराज,पाल्पा , असोज १७ । पाल्पाकाे तानसेन नगरपालिका वडा न ७ काजिपाैवा बेसीमा युवाहरूले चप्पल उधाेग तथा व्यवसायी माछापालन,कुखुरा पालन गर्नुका साथै  केही समयमा रिसोर्ट पनि सञ्चालन  गर्ने तयारी गरेका छन  ।

गरे के हुदैन बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका बेसिका सुमन भुसाल र मनाेज ज्ञवाली  नाताले उनिहरू साला अनि भेना हुन, उनिहरू अहिले दुबै जना मिलेर विदेश जानकाे लागि लागेकाे भिसा समेत राेकी अहिले मिलेर चप्पल उधाेग, व्यवसायीक कृषि तथा पशुपालन लागेका हुन । करिब ६० लाख लगानीमा १ बर्ष अगाडि शुरू गरेको व्यवसाय अहिले जाे काेहिले उनिहरू उधाेग तथा कृषि फार्मका अवलाेक गरे पछि मनमा केही गरू गरू हुन्छ । स्वदेशमा नै केही गर्नु पर्छ युवाहरू एक भइ स्वदेशकाे माटाेमा नै अाफ्नाे पसिना बगाएमा विदेशमा कमाउने पैसा नेपालमा नै कमाउन सक्ने बताउदछन । उनिहरूले पाल्पामा नै पहिलो पटम चप्पल उधाेग सञ्चालन गरेका छन । भैरहवाबाट करिब ५ लाख लगानी गरि मेसिन खरिद गरेर अहिले २ जनालाई स्थाई रूपमा मासिक रूपमा तलब दिई उधाेग सञ्चालन गरेका छन । दैनिक रूपमा करिब ५ सय भन्दा बढि चप्पल उधाेगमा तयारि हुने गरेको बताउदै पाल्पा अाफै पसल म्याक्स स्पाेट वल्ड,रामपुर,स्याङ्जा तानसेन बजार लगाएतका स्थानहरूमा निर्यात गर्ने गरेकाे बताउदै अहिले उत्पादन भएकाे सामान बजारमा पाइने चप्पल भन्दा गुणस्तरीय तथा सस्तो भाउमा पाउने भएकोले बजारकाे कुनै पनि समस्या नरहेको बताउदछन । उनिहरूले अहिले चप्पल उधाेगकाे साथसाथै व्यवसाय कृषि तथा पशुपालनमा व्यस्त छन । भुसाल र ज्ञवालीले अहिले माछापालन,बाेइलर तथा लाेकल कुखुरा पालन पनि गरेका छन । करिब २० राेपनी क्षेत्रफलमा सञ्चालित उक्त व्यवसाय विगेट कमन लगाएत अरू २ थरि गरि ४ थरिका माछाहरू ,स्थानीय लाेक प्रजातिका कुखुरा तथा बाेइलर कुखुरा र स्थानीय जातका बाख्राहरू पालन गरिएको सञ्चालन भुसालले बताउनु भयाे मासिक ४० देखि ५० हजार सम्म अाम्दानी गर्नका लागि बैदेशिक राेजगारीमा जानू नपर्ने भन्ने सन्देश दिने भुसालले अब छिट्टै रिसाेट पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनु भयाे । केही बर्ष अगाडि वैदेशिक यात्रा समेत गरेका मिलन ज्ञवालीले भने अहिले अाफ्नै गाउमा व्यवसायी रूपमा परिवारका सदस्यहरू सँगै बसेर बिदेशमा कमाउने पैसा नेपालमा कमाउदा सन्तुष्ट गरेको बताउनु भयाे । अहिले ४ जनालाई निरन्तर रूपमा राेजगारी प्रदान गरेको बताउदै अब छिट्टै रिसाेट सञ्चालन गरि मासिक ३० जना सम्मलाइ राेजगारी प्रदान गरिने बताउनु भयाे । पछिल्लो समयमा सयाै नेपाली युवाहरू काेराेनाका कारण स्वदेशमा फर्किए छन । यसरी युवाहरू एक भएर अाफुलाई उपयुक्त हुने किसिमको व्यवसाय सञ्चालन गर्दा पक्कै स्वदेश नै अावश्यक सामाग्री उत्पादन गरि विदेशी सामानकाे अायातमा कटौती गर्दा देशकाे मुहार फेरिने थियाे ।

यहाँ भिडियो हेर्नुहोस्  

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago