राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा मसाल जुलुस

बुटवल ,१६ असोज प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ ।

फाइल फोटो

रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । सहभागीले ‘अन्तर्घाती नेकपा मुर्दावाद’, ‘राजधानी रुपन्देही कायम गर’, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर’, ‘राजधानी सार्ने औचित्य प्रस्ट पार’ लगायतका नारा लगाएका थिए । राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो ।

कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले राजधानी रुपन्देहीबाट अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे । उनले कुनै हालतमा रुपन्देही बाहिर राजधानी हुन नदिन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago