बुटवल ,१६ असोज । प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ ।
रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । सहभागीले ‘अन्तर्घाती नेकपा मुर्दावाद’, ‘राजधानी रुपन्देही कायम गर’, ‘बुहसंख्यक नागरिकको मनोभावना ख्याल गर’, ‘राजधानी सार्ने औचित्य प्रस्ट पार’ लगायतका नारा लगाएका थिए । राँके जुलुस बुटवलको राजमार्ग चौराहबाट सुरु भइ मिलनचोक पुगेर समापन भएको थियो ।
कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले राजधानी रुपन्देहीबाट अन्यन्त्र लैजाने प्रस्ताव गरेर नेकपा सरकारले जनविरोधी काम गरेको टिप्पणी गरे । उनले कुनै हालतमा रुपन्देही बाहिर राजधानी हुन नदिन जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…