प्रदेश ५ : कांग्रेसका बहुमत प्रदेश सभा सदस्य राजधानी दाङकै पक्षमा

बुटवल , असोज १७ ।  प्रदेश ५ को नाम र राजधानीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बहुमत प्रदेश सदस्यले समर्थन जनाउने भएका छन्।

फाईल फोटो

भौगिलिक दृष्टिकोणले दाङको देउखुरी उपयुक्त स्थान भएको प्रदेश सदस्यहरुले बताएका छन्। अस्थायी राजधानी रहेको रुपन्देहीबाट दाङको भालुवाङ पुर्‍याउने प्रस्तावकाे रुपन्देही आसपासका प्रदेश सदस्यहरुले भने आपत्ति जनाएका छन्।

प्रदेश सभामा १९ जना रहेको कांग्रेसका बहुमत सदस्यले दाङको देउखुरीलाई उपयुक्त स्थान भएको जनाएका छन्। दाङका कांग्रेस प्रदेश सदस्य डिल्लीबहादुर चौधरीले पश्चिम प्रस्तावित स्थान सबैका लागि पायक पर्ने बताए। उनले भने, ‘संसदीय दलको बैठक बस्न पाएका छैनौं। पश्चिमका सबै प्रदेश सदस्य दाङकै पक्षमा छौं।’ 

शुक्रबार प्रदेश सभामा पेश भएको प्रस्तावलाई कांग्रेसका ११ प्रदेश सदस्यले समर्थन गर्ने जनाउ दिएका छन्। प्रदेश ५ को संसदमा कांग्रेसबाट सबैभन्दा बढी प्रतिनिधित्व कपिलवस्तुबाट रहेको छ। कपिलवस्तुबाट ५ सांसद  प्रदेश सभा छन्। कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले हरसम्भव जिल्लावासीको माग कपिलवस्तु भए पनि प्रस्तावित स्थानमा विमति नरहने बताए। उनले भने,‘हामीले त सांस्कृतिक र भौगिलिक दुरीको बीचमा रहने कपिलवस्तुलाई नै भन्दै आएका हौं। दाङ र वुटवल हाम्रा लागि उस्तै हो। दाङमा प्रदेश राजधानी बन्दा हामीले विरोध गर्नुपर्ने छैन।’

बाँकेका कांग्रेस प्रदेश सांसद सुरेन्द्र हमालले सकेसम्म आफ्नै जिल्लामा हुनुपर्ने माग रहेको बताए। प्रदेश ५ का लागि बुटवलभन्दा दाङ नै उपयुक्त हुने उनको धारणा थियो। बर्दियाका कांग्रेस जिल्ला सभापति सञ्जय गौतमले आफूहरुले पहिले देखि नै दाङ माग गर्दै आएको सुनाए। उनले भने,‘कुन पार्टीले ल्याएको प्रस्ताव भन्ने होइन। सबैलाई पायक पर्ने स्थान हेर्ने हो। उपयुक्त प्रस्ताव जसले ल्याए पनि समर्थन हुन्छ।’

प्रदेश सरकारले संसदमा प्रस्ताव ल्याएपछि बुटवलमा कांग्रेसले शुक्रबारदेखि नै विरोध प्रर्दशन गरेको छ। भौतिक संरचना बनिसकेको स्थानबाट प्रदेश राजधानी सारिएको भन्दै आपत्ति जनाइएको छ। कांग्रेस संसदीय दलले आधिकारिक निर्णय भने गरिसकेको छैन। कांग्रेसले आफ्नो तर्फबाट प्रस्ताव पेश गर्ने/नगर्ने निर्णय गरेको छैन।

प्रस्तावित नाम र स्थानका विषयमा प्रदेश संसदमा असोज १९ मा छलफल हुनेछ। छलफलका लागि आएका प्रस्ताव फिर्ता लिन १८ घन्टाको समय दिने संसदीय व्यवस्था छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago