नेकपा सचिवालय सर्‍यो, आइतबार बस्ने

फाईल फोटो

काठमाडौं , असोज  १७ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको सचिवालय बैठक सरेको छ । सचिवालय बैठक आइतबार बस्नेगरी सरेको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल गर्नका निम्ति शनिबार सचिवालय बैठक बोलाइएको थियो । तर, शनिबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । 

आइतबार बस्ने बैठकमा सरकारले गत बिहीबार गरेको मुख्यसचिव तथा राजदूत लगायत महत्त्वपूर्ण नियुक्तिका विषयमा कुरा उठाइने नेकपा स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्ले बिहीबार मुख्यसचिवसहित बेलायत र अमेरिकाको राजदूत नियुक्त गरेपछि पार्टीसँग परामर्श नगरेको भन्दै नेकपा सचिवालयका नेताहरूले असन्तुष्टि जनाएका छन् । यसअघि गत असोज ४ र ६ गते सचिवालय बैठक बसेको थियो । 

यसबीचमा दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन गर्नका निम्ति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago