काठमाडौं , असोज १७ । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र रहेको छ ।
महाशाखाले हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । यसैगरी, शनिबार दिनभरको मौसम भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जनाइएको छ ।
भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…