सन्ताेष गहतराज ,पाल्पा असोज १७ ।  पछिल्लो समयमा विश्वमा महामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ काे विषम परिस्थितिमा तथा कृषकहरूले कृषि विकासबैंक पालुङ्गमाैनादिबाट लिएको ऋणकाे ब्याज तिर्न नसक्ने अवस्थालाई मध्ये नजर गरि जिल्लाकाे रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादी बीच  गाँउपालिका भित्रका कृषक तथा कृषि फर्महरुले मापडण्ड अनुसार कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादीबाट लिएको ऋणको ब्याज गाँउपालिकाले तिरिदिने बिषयमा समझाैता भएको  छ ।

जसको लागि गाँउपालिकाले करिब ६० लाख रुपैया छुट्याएको गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।गाँउपालिकाले कृषि तथा पशुजन्य ब्यबसायको प्रबद्र्धन, रोजगारी बृद्धि, बिदेशबाट फर्किएका युवा, महिला तथा दलित समुदाय लगाएतलाई आत्मनिर्भर,उद्यमशील तथा ब्यबसायिक बनाउन यस्तो योजना ल्याएको हो ।

आबेदक कृषक तथा कृषि फर्महरुलाई सिफारिस तथा छनोट समितीले बैकमा कर्जाका लागी सिफारिस गर्ने छ । बेैकले मुल्याङ्गकन गरि लगानी गर्ने छ । कृषकको हकमा ५० हजार देखि ५ लाख सम्म र फर्मको लागी १ लाख देखि १० लाख सम्मको ब्याज गाँउपालिकाले तिरिदिने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो ।

यस कार्यक्रमले गाँउमै रोजगारी र केहि गर्छु भन्नेको लागी ठूलो राहत पुग्ने स्थानियको बिश्वास छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago