सन्ताेष गहतराज ,पाल्पा असोज १७ । पछिल्लो समयमा विश्वमा महामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ काे विषम परिस्थितिमा तथा कृषकहरूले कृषि विकासबैंक पालुङ्गमाैनादिबाट लिएको ऋणकाे ब्याज तिर्न नसक्ने अवस्थालाई मध्ये नजर गरि जिल्लाकाे रिब्दिकोट गाँउपालिका र कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादी बीच गाँउपालिका भित्रका कृषक तथा कृषि फर्महरुले मापडण्ड अनुसार कृषि बिकास बंैक लिमिटेड पालुङ्गमैनादीबाट लिएको ऋणको ब्याज गाँउपालिकाले तिरिदिने बिषयमा समझाैता भएको छ ।
जसको लागि गाँउपालिकाले करिब ६० लाख रुपैया छुट्याएको गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।गाँउपालिकाले कृषि तथा पशुजन्य ब्यबसायको प्रबद्र्धन, रोजगारी बृद्धि, बिदेशबाट फर्किएका युवा, महिला तथा दलित समुदाय लगाएतलाई आत्मनिर्भर,उद्यमशील तथा ब्यबसायिक बनाउन यस्तो योजना ल्याएको हो ।
आबेदक कृषक तथा कृषि फर्महरुलाई सिफारिस तथा छनोट समितीले बैकमा कर्जाका लागी सिफारिस गर्ने छ । बेैकले मुल्याङ्गकन गरि लगानी गर्ने छ । कृषकको हकमा ५० हजार देखि ५ लाख सम्म र फर्मको लागी १ लाख देखि १० लाख सम्मको ब्याज गाँउपालिकाले तिरिदिने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो ।
यस कार्यक्रमले गाँउमै रोजगारी र केहि गर्छु भन्नेको लागी ठूलो राहत पुग्ने स्थानियको बिश्वास छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…