पाल्पा – जिल्लाकाे तिनाउ गाउँपालिका वडा नं.-३, श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगा लागेर मंगलबार राति घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको उपचारको क्रममा बिहीबार निधन भएको छ ।
घाइते पश्चात बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गराइरहेकी करिश्मा उपचारका क्रममा निधन भएको निजको बुवा रिशुनाथ चौहानले बताउनुभयो।
सोही बालिकाकी आमा २९ वर्षीया समीक्षा चौहानको मंगलबार राति नै उपचारकै क्रममा निधन भएको थियो । माथागढी–७ रहवास-ग्वाङ्लिङ आफ्नो घरबाट तीज मनाउन माइतमा गएका आमाछोरी पाल्पामा निषेधाज्ञा जारी भएपछि माइतमै रहेका थिए।
मंगलबार आमाछोरी माइतीघरको छिमेकी घरमा मोबाइल चार्ज गरिरहेको अवस्थामा अकस्मात घरमाथिबाट आएको ढुंगाले लागेर घाइते हुँदा उपचारको क्रममा निधन भएको निजको श्रीमान रिशुनाथ चौहानले बताउनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…