पुल्चोकमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्न निस्किएका युवाहरुको समुहले ड्युटीमा खटिएका एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् ।

कोरोनाका कारण जारी निषेधाज्ञा उल्लंघन गर्दै रथ जात्रा गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि युवाहरूले विरोध गर्दा झडप भएको थियो । सोही क्रममा ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो ।

कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा ड्युटीमा एक्लै रहेका ट्राफिक प्रहरीलाई युवाहरूको समूहले कुटपिट गरेको देखिन्छ ।

प्रहरीमाथि कुटपिट गर्नेको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए ।महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

महामारीविरुद्धको प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी माथि पटकपटक दुव्र्यहार हुने गरेको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago