जापान आउन अनुमति पाएका आवेदकहरुले अझै केहि प्रतिक्षा गर्नुपर्ने

टोकियो । अध्यायन तथा रोजगारीका लागि जापान आउन योग्य भएर ईलिजिविलिटी लेटर प्राप्त गरेका व्यक्तिहरु कोरोना कारण जापान प्रवेश गर्न पाएका थिएनन् ।तर अव जापान आउनका लागि सिओई  प्राप्त गरेका ब्यक्तिहरुलाई विस्तारै जापान आउन दिईने तयारी गरिएको छ ।

जापान सरकारले कोरोनाको उच्च सतर्कता अपनाउँदै विस्तारै जापान आउन चाहनेहरुका लागि सहजिकरण गर्ने संकेत गरेकाले, पहिलो चरणमा जापान आउन योग्य भएका विदेशी विद्यार्थी तथा कामदारहरुलाई आउने बाटो खुल्ने जापानी संचारहरुमा समाचार विश्लेषणहरु प्रकाशन भएका छन् ।

अध्यागम सेवा एजेन्सीका आवास व्यवस्थापन विभागका उपनिर्देशक कोवयासी हितोसीले भने-‘ आवेदकहरुले अझै केहि प्रतिक्षा गर्नुपर्नेछ ।’ प्रकृया अघि बढाईए पनि जापानले लगाएको यात्रा प्रतिवन्धहरु खुल्ला नभएको स्थानहरुमा कसरी ल्याउने र व्यवस्थापन गर्ने भन्ने बारे अझै टुंगो लागिसकेको छैन ।

उपनिर्देशक कोवयासी भन्छन्-‘तर सर्टिफिकेट हातमा लिएर बसिरहेका व्यक्ति अझै ढिला भएको अवस्थामा गाह्रो हुन्छ ।’
यसरी सिईयो लिएर बसेकाहरुको संख्या ठूलो भएको र उनिहरुको माध्यमबाट जापानको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।त्यसो त त्यस्ता लेटर प्राप्त गर्नेहरुको साविकको ३ महिनाको समयावधि थप गरिएको छ र आवाश्यकता अनुसार अझै थप पनि गर्न सक्नेछ ।

जापान सरकार, अबको समय कोरोनाबाट भागेर भन्दा पनि सतर्कता अप्नाएर दैनिकी संचालन गर्नुको विकल्प नभएकाले, कोरोना संक्रमण कम भएका मुलुकबाट त्यसमुलुकमा लागेको जापान प्रवेश निशेधाज्ञा हटाउँदै आउन सकिने वातावरण बनाउने प्रयासमा लागेको देखिन्छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago