परीक्षाको घडीमा निर्वाचित प्रधानमन्त्री ?

आज बैसाख २० गते, नेपाली इतिहासमा आजको दिनलाई कुन अक्षरले लेखिने हो त्यसको प्रतिक्षा धेरै संचारकर्मी, राजनीतिक विश्लेशकहरु र नेपालको निर्वाचित प्रधानमन्त्रीलाई चक्रव्यूहमा पार्न प्रपञ्च खेल्नेहरुले निकै चासोका साथ हेरीरहेका छन् । आज बस्ने भनि निधो गरिएको भनिएको सत्ताधारी पार्टी नेकपाको सचिवालय बैठकले नेपालको इतिहासमा नै अत्याधिक बहुमत प्राप्त निर्वाचित प्रधानमन्त्रीलाई के निर्देशन दिनेछ भन्ने कुराको बहुतै चासोका साथ हेरिएको छ । नेपालको इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्री वि. पी. कोइरालालाई पदबाट किन र कसका कारणले हटे त्यो कुरामा अझैपनि राजा महेन्द्रले हटाएका हुन भन्ने मात्रै रटान पाइन्छ ।

२०४७ सालको संविधानबाट प्राप्त मौलिक हक, जनताको प्रजातान्त्रिक अधिकार अनुसार बनेको अर्को पूर्ण बहुमतको सरकार पनि एकजना नेता जो आफै प्रधानमन्त्री थिए । बहुमतबाट निर्वाचित नेता हुँदाहुँदै पनि आफ्नो पार्टी भित्रको अर्को गुटलाई देखाइदिने सनकमा मध्यावधीको तगारो ल्याएर हट्नु पर्यो

एकपक्षिय रुपमा हटाइएका हुन या उनको त्यस्तो केहि राष्ट्र विरुद्धको कार्य थियो र हटाइएको थियो यो कुरालाई पार्टीहरुका कुरा पत्याउने बाहेक अर्को उपाय छैन । त्यसपछि लामो समयसम्म यो देशमा विद्यमान रहेका यिनै पार्टीहरुले झण्डै तीन दशकसम्म जनअधिकारको संघर्ष गरे । २०४७ सालको संविधानबाट प्राप्त मौलिक हक, जनताको प्रजातान्त्रिक अधिकार अनुसार बनेको अर्को पूर्ण बहुमतको सरकार पनि एकजना नेता जो आफै प्रधानमन्त्री थिए । बहुमतबाट निर्वाचित नेता हुँदाहुँदै पनि आफ्नो पार्टी भित्रको अर्को गुटलाई देखाइदिने सनकमा मध्यावधीको तगारो ल्याएर हट्नु पर्यो ।

आन्तरिक गुटको एक अर्कालाई असफल गराउने रणनीति नै हो भन्दा अतिशोक्ति हुँदैन । यहाँ विगत दुई बर्ष देखि नै एकले अर्को गुटलाई देखाइदिने प्रतिष्पर्धा बाहेक अर्को काम भएको अनुभूति छैन जनतामा

आज फेरि इतिहासका त्यस्तै मोडहरु आएका छन् । नोपालको इतिहासमा तेश्रो पूर्ण बहुमत प्राप्त प्रधानमन्त्री खड्ग प्रसाद ओली नेकपाको पूर्ण बहुमतको नेता र प्रधानमन्त्रीको रुपमा विद्यमान छन् । तर यहाँ देखिएका थुप्रै गुट उप गुटहरुको आ आफ्ना डम्फूको तालमा आजको दिन आइ पुगेको छ । सरकार बनेको तीन बर्ष पनि भएको छैन । उनले काम कस्तो गरे या गरेनन यो छुट्टै चर्चाको बिषय हुनसक्छ तर काम नभएको कारण कुनै छ भने त्यो हो आन्तरिक गुटको एक अर्कालाई असफल गराउने रणनीति नै हो भन्दा अतिशोक्ति हुँदैन । यहाँ विगत दुई बर्ष देखि नै एकले अर्को गुटलाई देखाइदिने प्रतिष्पर्धा बाहेक अर्को काम भएको अनुभूति छैन जनतामा । देखाइदिने प्रतिष्पर्धामा उनी र उनका चण्डमुण्डहरुबाट थुप्रै गर्ने नगर्ने या गर्न नहुने कामहरु पनि भएका छन् । हो प्रधानमन्त्री आफैले सुध्रिनु पर्ने छ । धेरै कुराहरु र कामगर्ने शैली पनि सुधार्नु पर्ने देखिन्छ तर उनको यो कुरालाई मुद्दा बनाएर यो तिलमिलाहटमा उनलाई कसैगरि या मौका छोपेर कमजोर पार्ने या कमजोर भएको अवस्थामा आफ्नो गुट दर्हो गर्ने योजनाले अहिले इतिहासमा सर्वशक्तिमान बहुमतको प्रधानमन्त्रीलाई विधी विपरित कोठे बैठकबाट गुटस्वार्थको बलिको बोको बनाउने खेल शुरुभएको छ ।

प्रश्न यो छ कि राजीनामा दिने अवस्था कुन हो त भन्ने बारे संविधान मौन छ । यो मौनताको व्याख्या गर्दै यहाँ नेपालको निर्वाचित प्रधानमन्त्रीलाई गुटहरुबाट घेराबन्दी गर्दा नेपालमा कुनैपनि जतिसुकै शक्तिशाली नेता भएपनि, जतिसुकै बहुमत प्राप्त प्रधानमन्त्री भएपनि चल्न सक्दैन

नेपालको संविधान धारा ७५ ले निर्वाचित प्रधानमन्त्रीलाई कार्यकारिणी अधिकार दिएको छ । भने निर्वाचित भएको प्रधानमन्त्रीको पद रित्तहुने अवस्था धारा ७६(१) मा अविस्वासको प्रस्तावबाट, स्वयं राजीनामा राष्ट्रपति समक्ष पेश गरेमा, प्रतिनीधि सभाको सदस्य नरहेमा र नीजको मृत्यु भएमा भनी उल्लेख गरेको छ । यहाँ प्रधानमन्त्रीको पद रित्त हुने अवस्था मात्रै निजले राजिनामा दिएमा भन्नेलाई प्रयोग गरेर हटाउन खोजिएको छ । अब प्रश्न यो छ कि राजीनामा दिने अवस्था कुन हो त भन्ने बारे संविधान मौन छ । यो मौनताको व्याख्या गर्दै यहाँ नेपालको निर्वाचित प्रधानमन्त्रीलाई गुटहरुबाट घेराबन्दी गर्दा नेपालमा कुनैपनि जतिसुकै शक्तिशाली नेता भएपनि, जतिसुकै बहुमत प्राप्त प्रधानमन्त्री भएपनि चल्न सक्दैन । उ आफैमा केहिपनि होइन । नेपालका जनताको मतबाट निर्वाचित प्रधानमन्त्री गुट या अरु कुनै अमूक बाह्य शक्तिका सामु नीरिह नै हुन्छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको छ । यो कुनैपनि अर्थमा नेपाली राजनीतिको नियति बनाउने मेसो मात्रै हो । यहाँ नेकपाको अर्को कुनै नेताले ताज लगाएपनि तात्विक रुपमा कुनै जादुयी परिवर्तन हुनेवाला छैन ।

पहिलो बहुमतको प्रधानमन्त्रीको पदच्यूत पछि ३१ बर्षमा दोश्रो बहुकतको प्रधानमन्त्रीको बहिर्गमन पछि २२ बर्ष नेपाली जनताले तेश्रो बहुमतको प्रधानमन्त्री (सरकार) पाउन पर्खिनु पर्यो । यी दुबै कालखण्डमा नेपाली जनताले ठूलो संघर्ष मात्रै गरेनन् रक्तपातपूर्ण दशक, अस्मिता हराएको अनुभूति पनि गरे । अब फेरि त्यहि इतिहास दोहोरिएमा देशको राजनीतिले कुन बाटो लिने हो पर्खिनै पर्ने हुन्छ 

यहाँ फेरि पनि गुटजन रक्षायः गुटजन हितायः नै हुनेछ । आज फेरि यो अनावश्यक बखेडा गरेर निर्वाचित प्रधानमन्त्रीको पाँचबर्ष पहिला नै बलि चढाइयो भने कम्तिमा पनि नेपालको राजकीय सत्ता र नेपालका राजनीतिक पार्टीहरुका लागि यो भन्दा दुर्भाग्यको दिन अर्को हुनेछैन भन्ने लागिरहेको छ । साथै नेपाली जनतामा आफ्ना राजनीतिक पार्टीहरु प्रतिको विश्वास मात्रै घट्ने छैन उनीहरुलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ । पहिलो बहुमतको प्रधानमन्त्रीको पदच्यूत पछि ३१ बर्षमा दोश्रो बहुकतको प्रधानमन्त्रीको बहिर्गमन पछि २२ बर्ष नेपाली जनताले तेश्रो बहुमतको प्रधानमन्त्री (सरकार) पाउन पर्खिनु पर्यो । यी दुबै कालखण्डमा नेपाली जनताले ठूलो संघर्ष मात्रै गरेनन् रक्तपातपूर्ण दशक, अस्मिता हराएको अनुभूति पनि गरे । अब फेरि त्यहि इतिहास दोहोरिएमा देशको राजनीतिले कुन बाटो लिने हो पर्खिनै पर्ने हुन्छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago