२० वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो ।
गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको हो । यो औषधिले मानिसहरू छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ ।
अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरू अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरू औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन् । तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ ।
यसैबीच, गिलेडले १५ लाख सिसी औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको छ। यद्यपि यसअघि चीनले गरेको परीक्षणमा भने रेमडेसिभिर कोभिड-१९ को उपचारमा निष्प्रभावी रहेको बताएको थियो ।
यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ । कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता नलागेको र अझै यसको खोप आउन एक वर्षभन्दा लामो समय लाग्न सक्ने बताएकाले अहिले अन्य रोगको लागि बनाइएको औषधिको परीक्षण कोरोना भाइरस नियन्त्रणको लागि भइरहेको छ ।
स्रोत : अलजजीरा
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…