रैनादेबी छहरा गाउँपालिका बाझाे जमिन उपयाेग गर्ने वडा न ६,७ र ८का कृषकलाई अनुदान रकम हस्तान्तरण ।

सन्ताेष गहतराज ,पाल्पा ।  जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाले लकडाउनकाे समयमा बाझाे जमिन उपयाेग गर्ने कृषकहरूलाई अनुदान वितरण कार्य  गरेको छ । गाउँपालिकाले वितरणकाे दाेस्त्राे दिन वडा न ६,७ र ८का करिब २१ जना कृषकहरूलाई वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले नेपाल कृषि प्रदान देश रहेको बताउदै पछिल्लो समयमा नागरिकहरू बढदाे सहरी करणले गर्दा जमिनहरू बाझाे भइरहेको समयमा काेराेना भाइरस काेविड १९ का कारण लकडाउन भए सँगै मानिसहरू कृषि पेशामा उत्प्रेरित भइरहेको बेला ती मानिसहरूलाई थप हाैसला मिलाेस भनी गाउँपालिकाले बाझाे जमिन उपयाेग गर्ने कृषकलाई अनुदानकाे कार्यक्रम ल्याइएको बताउनु भयाे । अागामी दिनमा ती जमिनलाई अझ उत्पादन मुलक बनाउन तथा लगाइएको फलफूलका विरूवाहरूकाे उचित व्यवस्थापन गर्न पनि कृषकहरूलाई अार्गह गर्नु भयाे । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष चेत कुमारी थापाले गाउँपालिकाले अहिले लकडाउनकाे समयमा मानिसहरू कृषिमा उत्प्रेरित भइरहेको बेला अनुदानकाे कार्यक्रम ल्याएकाे बताउदै उक्त जमिनहरूमा लगाइएको फलफूलहरूकाे उचित व्यवस्थापन गर्न र जमिनलाई उत्पादनमुलक बनाउन अार्गह गर्नु भयाे कार्यक्रममा प्रमुख प्रशासकृय अधिकृत खेत बहादुर खत्रीले गाउँपालिकाले बाझाे जमिन उपयाेग गर्ने कृषकहरूका लागि दाेस्त्राे दिन वडा  न ६,७र ८का करिब २१ जना  कृषकलाई फलफूल लगाउनेलाई प्रती राेपनी २ हजार र खेती गर्नेलाई प्रती राेपनी ३ हजारका दरले अनुदान रकम वितरण कार्य भइरहेको बताउनु भयाे । अनुदान रकम लिनका लागि पालिकाले ताेके अनुसार कम्तीमा ३ राेपनीमा खेती तथा फलफूल लगाएकाे हुनु पर्ने पनि बताउनु भयाे। पालिकाका सबै वडाका  करिब २ सय भन्दा बढी कृषकहरूलाई अनुदान वितरणकाे कार्यक्रम शुरू भएको बताउनु भयाे । कार्यक्रम गाउँपालिकाका प्रवक्ता विष्णु पाेखरेल,वडाका वडा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे कार्यक्रमकाे सञ्चालन पशु शाखा प्रमुख पारस मणि पाण्डेले गर्नु भएको थियाे । यसरी लकडानकाे समयमा बाझाे रहेको जमिन उपयोग गरे बापत पालिकाले अनुदान रकम वितरण गरे पछि कृषकहरू खुशी भएका छन ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago