तिनाउ गाउपालिका २ काे खुर्सानेमा स्वास्थ शिविर सञ्चालन १ सय २५ले सेवा लिए ।

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न २ को खुर्सानेमा निःशुल्क १ दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । जसबाट करिब १ सय  २५ जनाले स्वास्थ्य परिक्षण गरेका छन ।

तिनाउ गाउँपालिका स्वास्थ्य शाखा र नेपाल जेसुइट सोसाइटी घोरबन्दाको पहलमा उक्त शिविर सञ्चालन भएको हाे । स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीका अनुसार  शिविरमा तिनाउँका खुर्साने, आरखुदी, बगाहा, खुलखुले, हरियाली गाउँ लगायत स्थानका नागरिकहरूले  स्वास्थ्य परीक्षण गरि आवश्यक औषधी समेत वितरण गरिएको बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्था भन्दा टाढाका बस्तीहरुमा मासिक स्वास्थ्य शिविर संचालन हुदैं आएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । ‘गाउँपालिका भित्र ४ वटा स्वास्थ्य केन्द्र र ८ वटा स्वास्थ्य इकाई छन् ती स्थान सम्म पुग्न समस्या पर्नेहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको बताउनु भयाे । स्वास्थ्य शिविरमा नेपाल जेसुइट सोसाइटीकी व्यवस्थापक सिस्टर मेरी, स्वास्थ्यकर्मी दुर्गालाल श्रेष्ठ, सुरज कुमाल लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । तिनाउका वडा नं. १ को ठूलीउदाङ र तालमुर्थुम, वडा नं. २ को खुर्साने र हरियालीगाउँ, वडा नं. ३ को ज्यामिरे, वडा नं. ४ को सत्यवती, वडा नं. ५ को विस्कुनडाडा र चौविसमाइल तथा वडा नं. ६ को पाटन र शिखरडाडामा मासिक शिविर संचालन हुदै आएको गाउँपालिकाका प्रवत्ता राजेश श्रेष्ठले बताउनुभयो ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago