पाल्पा । तानसेन नगरपालिकाको परिसरभित्र नेपाल बैंकको एक्टेनसन काउन्टरको उद्घाटन गरिएको छ । नगरप्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा दिने बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेड, प्रदेश नं. ५ प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी सेर्पाले नेपाल बैंकले वित्तीय पहुंचका निम्ति नाफा मात्र नहेरी देशको कुना कन्दरासम्म पुग्दै गएको र पछिल्ला दिनहरुमा बैंकले ग्राहक सेवामा विशेष ध्यान दिंदै आएको बताउनु भयो । पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा दिने बताउनु भयो । मधुसुदन छिनालको स्वागत तथा तेजब गहतराजको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, ६ नं. वडाका वडाअध्यक्ष सागर महर्जन, नगरपालिकाका सरसफाइ बिभागका प्रमुख शंकर भण्डारी लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो ।
सोही कार्याक्रममा नेपाल बैंक लिमिटेड र तानसेन नगरपालिकाको सहकार्यमा साकम्बरी बाख्रा फर्म, देउराली बाख्रा पालन र रानीमहल पशु पालन तथा कृषि फर्मका उद्यमीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा सुबिधा प्रस्तावपत्र प्रदान गरिएको थियो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…