पाल्पा । तानसेन नगरपालिकाको परिसरभित्र नेपाल बैंकको एक्टेनसन काउन्टरको उद्घाटन गरिएको छ । नगरप्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा दिने बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेड, प्रदेश नं. ५ प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी सेर्पाले नेपाल बैंकले वित्तीय पहुंचका निम्ति नाफा मात्र नहेरी देशको कुना कन्दरासम्म पुग्दै गएको र पछिल्ला दिनहरुमा बैंकले ग्राहक सेवामा विशेष ध्यान दिंदै आएको बताउनु भयो । पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेले काउन्टरबाट कर्जाबहेक राजस्व, निक्षेप जम्मा, चेक भुक्तानी, ईसिसि, अईपियस लगायत सबैखाले सेवा दिने बताउनु भयो । मधुसुदन छिनालको स्वागत तथा तेजब गहतराजको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे, ६ नं. वडाका वडाअध्यक्ष सागर महर्जन, नगरपालिकाका सरसफाइ बिभागका प्रमुख शंकर भण्डारी लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नु भएको थियो ।
सोही कार्याक्रममा नेपाल बैंक लिमिटेड र तानसेन नगरपालिकाको सहकार्यमा साकम्बरी बाख्रा फर्म, देउराली बाख्रा पालन र रानीमहल पशु पालन तथा कृषि फर्मका उद्यमीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा सुबिधा प्रस्तावपत्र प्रदान गरिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…