ब्यवसायीलाई राहत ब्यवस्था गर्न महासंघको ध्यानाकर्षण

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी जारी लकडाउनले गर्दा सार्वजनिक यातायात सबैभन्दा प्रभाबित भएका छन । यसैको सम्बोधनका लागी नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले सरकारका निकायमा राहतको माग गरिरहेको छ । मंगलबार नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको नेतृत्वमा अर्थ सचिव सिशिर कुमार ढुंगाना लाई आफ्ना समस्या सहितको राहत प्याकेज ल्याउन मागपत्र पेश गरेका छन । मागपत्रमा सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन, व्याजमा पूनविचार र पुनरकर्जाको व्यवस्था, सवारि संग सम्वन्धित सवारी कर, रुट ईजाजत नविकरण, जाँच पास, र चलक अनुमति पत्रको नविकरणको स्थगन गरि जरिवाना मिनाहको व्यवस्था गर्नुपर्ने माग रहेका छन । माग प्रति अर्थ सचिव सिशिर कुमार ढुंगानाले राहतका प्याकेज ल्याउने आश्वासन पाएको महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।


महासचिब सिटौलाका अनुसार यसअघि बैशाख २१ मा अर्थसचिव ढुंगानालाई विभिन्न माग राख्दै महासंघले विज्ञप्ती बुझाएको थियो । त्यतिबेला बुझाएको विज्ञप्तीमा सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन, व्याजमा पूनविचार, पुनरकर्जाको व्यवस्था, सवारीकर, आयकर, रुट ईजाजत नविकरण, जाँच पास र चालक अनुमतिपत्रको नविकरणको स्थगन गरि जरिवाना मिनाहको व्यवस्था लगायतको माग गरेका थिए । धेरै पटकको पहलपछि सरकारले राहतदिने आश्वासन दिएको सिटौलाको भनाई छ ।

चैत्र ११ देखि जारी लकडाउन १०० दिन पूरा भएको छ । सय दिन पुराहुँदासम्म सरकारको तर्फ बाट कुनै राहतको ब्यवस्था भएको छैन । एकातिर बैंकले किस्ता तिर्न ताकेता गरेको छ भने लामो समयसम्म आफ्ना सवारीसाधन थन्किएका कारण ब्यवसायी समस्यामा परेका छन ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago