सन्ताेष गहतराज । बुधबार जिल्लामा ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो ।
तानसेनको बतासे र मिसन क्षेत्रबाट बरामद गरिएको ११५ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो । तानसेन नगरपालिका १२ बौघापोखराथोकदेखि तानसेन बजारतर्फ बिक्री गर्न ल्याउँदै गरेको ५० लिटर घरेलु मदिरा बतासेडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । लु१ज २११७ नम्बरको जीपमा तानसेन बजार ल्याउँदै गरेको मदिरा विशेष सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै बगनासकाली गाउँपालिकादेखि ल्याउँदै गरेको ६५ लिटर अवैध घरेलु मदिरा तानसेनको भूसलडाँडा क्षेत्रबाट नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । मिसन क्षेत्रमा भने प्रहरीलाई देखेपछि बिक्री गर्न आएका मानिस घरेलु मदिरा बाटोमै छाडेर भागेका थिए ।
बरामद भएको मदिरा ल्याएका मानिस र जीप चालकलाई पहिलो पटक भएकोले सम्झाई बुझाइ छाडिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…