नेकपामा गुट उपगुट , झम्सीखेलमा दाहाल र नेपाल समूहको बैठक ।

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने विषय पेचिलो बनिरहेको बेला दुवै पक्ष रणनीति बनाउन जुटेका छन् ।

प्रधानमन्त्री ओलीले आफूनिकटका नेता तथा सांसदहरुसँग परामर्श गर्नुभएको छ भने दाहाल–नेपाल पक्षले बुधबार साँझ ‘रणनीतिक’ बैठक गरेका छन् ।

ललितपुरस्थित झम्सीखेलको एक होटेलमा आयोजित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालगायत सहभागी हुनुभएको छ ।

छलफलमा दाहाल–नेपाल पक्षका अधिकांश स्थायी समिति सदस्य पनि सहभगी छन् ।पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी नभएको बुझिएको छ ।

अध्यक्ष दाहालले बिहीबार बिहान स्थायी कमिटीका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाउनुभएको बुझिएको छ । यसअघि, बुधबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री ओलीले पदत्याग गरेर मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago