लकडाउनले जुटाईदिएको बिकासनिर्माण, सडक बिस्तार संगै कल्भट र टेवापर्खालको काम धमाधम हुँदै

भबिन्द्र गौतम १९, वैशाख, पाल्पा । कोरोना महामारी नियन्त्रण गर्न मुलुक लकडाउनमा गएको डेढमहिना पुग्न लाग्यो । कोरोना संक्रमण रोक्ने उद्देश्य प्राप्तिमा सफल भएको मानिएको छ । यस बिचमा उत्पादन, वितरण र उपभोगको सन्तुलनमा नकारात्मक प्रभाव परेपनी पाल्पामा भने राजमार्गको स्तरउन्नतिको काम भैरहेको छ ।

लकडाउनले सवारी साधन नचलेको मौका छोपी पाल्पाका दुई राजमार्गमा सडक विस्तार कार्य भइरहेको छ । सवारी सधान बन्द गरेर समय निश्चित सडक चौडा गर्नुपर्ने बाध्यता भएका राजमार्गहरुमा लकडाउनमा धमाधम काम भएको छ यो कामको सबै क्षेत्रबाट प्रसंशा गरिएको छ । सिद्धार्थ राजमार्गको गौडेपुल र चर्चरे बिचको खण्ड र तानसेन–तम्घास सडक अन्तर्गत तानसेन नगरपालिकको ढुङ्गाखानी–सामाकोट खण्डमा सडक बिस्तारको काम भएको हो । सडक डिभिजन कार्यालयले यस आर्थिक बर्षमा सक्ने लक्ष्यले तिनाउ खोला र दोभान खोलाका २ वटा पक्की पुलहरु निर्माण कार्य संचालन गरेको छ ।

ढुङ्गाखानी–सामाकोट खण्डमा तानसेन नगरपालिकाले उपभोक्ता समिति मार्फत ६३ लाख बजेट विनियोजन गरी ३ किलोमिटर सडक चौडा गर्ने काम गरेको छ । विनियोजित बजेटबाट सडक विस्तारसंगै कल्भट, टेवापर्खाल लगायतका काम रहेको छ । सवारी साधन नचेलको मौका छोपेर सडक बिस्तार गर्न दुई वटा मेशिन मार्फत निरन्तर काम गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।

सडक डिभिजन कार्यालय पाल्पा मार्फत सिद्धार्थ राजमार्ग गौडेपुल र चर्चरे बिचको खण्डमा ४ वटा घुम्ती काट्ने काम भएको छ । राजमार्ग दैनिक ३ पटक सवारी सधान बन्द गरेर लकडाउन अगाडी कटान गरिएको थियो । दुई वटा मेशिनले काम भएकोहुँदा हालसम्मको लकडाउनमा करिब ५० प्रतिशत कटान सकिएको छ । प्रदिप कन्ट्रक्सन रुपन्देहीले एक करोड ५ लाख ९१ घुम्ती काट्ने, नाली निर्माण र कालोपत्रे कार्यको ठेक्का सम्झौता गरेको थियो । घुम्ती काट्ने सगै सडक कार्यालयले बर्षादमा सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रको जोखिमलाई वाइपास सडक रुपमा संचालन गर्ने उद्देश्यले २ वटा पक्की पुलहरु निर्माण कार्य जारी राखेको छ । बर्षाद् हुन थालेकाले सडक नाली सरसफाइको काम र लकडाउन लम्बिएमा सिद्धार्थ राजमार्ग मर्मत सम्भारको काम थाल्ने सडक कार्यालयले जनाएको छ । राजमार्गमा सवारी चाप कम भएको मौका परेको र पक्की पुल बैकल्पिक सडक खुलाउने उद्देश्यले सुरक्षाका उपायहरु अपनाएर निरन्तर काम गरिएको सडक डिभिजिन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्द राज अधिकारीले बताउनु भयो । जिल्ला स्तरीय कोरोना संक्रमण रोकथाम सहजिकरण समितिले सयममै सडक बिस्तारको काम सक्न लकडाउन काम गर्ने निर्णय गरेको हो । दैनिक ३ पटक राजमार्ग बन्द गरेर गरिएको काम लकडाउनमा सहज भएको छ भने राजमार्ग बन्दबाट यात्रुलाई हुने सास्ती पनि कम भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago