बाहिरी जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा

किरण कौशल, पाल्पा, १९ बैशाख । परिवारका सदस्यहरु घर फर्किदा कोरोना संक्रमण रोकथाम गर्न अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निति पाल्पामा लिईएको छ । हाल बाहिरी जिल्लाबाट आएका एक सय ६४ जना आफ्ना पालिकाको क्वारेन्टाइनमा बसेका छन् । पहिलो चरणमा भारत र तेस्रो मुलुकबाट आएका ६० जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।

उनिहरु आरडिटीबाट कोरोना परिक्षणमा नेगेटिभ नजिता आएपश्चात घर फर्किएका हुन् । लकडाउन भएपछि पाल्पा भित्रिएकाहरुलाई क्वारेन्टाइन राखेर कोरोना परिक्षण पश्चात रिर्पोटको आधारमा ७ दिन घरमै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै पालिकाहरुले आफ्नो क्षेत्रमा स्थानीयलाई आउन अनुमति दिएका छन् । गाउँपालिका प्रवेश नाकामा निगरानी बढाएको र समुदाय स्तरमा चेतना बृद्धि गरी अनिवार्य क्वारेन्टाइन राख्ने गरिएको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले बताउनु भयो । कोरोना संक्रमण रोकथाम तथा सहजिकरण समितिको निर्णय अनुसार बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टाइन थालिएको हो । जिल्ला भित्र निस्दी गाउँपालिकामा ५४ जना, रामपुर नगरपालिकामा ३५ जना, पुर्वखोला गाउँपालिकामा २७ जना, रैनादेवी छहरा गाउँपालिकामा २५ जना, तिनाउ गाउँपालिकामा ३ जना, माथागढी गाउँपालिकामा ९ जना र तानसेनमा एक जना क्वारेन्टाइनमा रहेका छन् । भारत र तेस्रो मुलकबाट आएका व्यक्तिलाई मात्र क्वारेन्टाइनमा राखिएकोमा नेपालमा कोरोना संक्रमण देखिएपछि अन्य जिल्लाबाट आएकालाई पनि राख्न थालिएको हो । विभिन्न जिल्ला घर फर्किएकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको आरडिटीबाट कोरोना परिक्षण गरेपछि रिर्पाेटको आधारमा घर पठाइने छ । उनिहरुको आरडिटी परिक्षणलाई प्रदेश सरकारबाट किट माग गरिएको छ । ६९ जनाको आरडिटी र १४ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago