रिब्दीकोट गाउँपालिकाले सत प्रतिशत अनुदानमा एक घर एक करेसाबारी कार्यक्रम शुरू ।

सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउंपालिकाले सत प्रतिशत अनुदानमा एक घर एक करेसा वारि कार्यक्रम शुरू गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिकाले अध्यक्ष नारायण जिसीले रिब्दिकोटको धेरै जसो ठाउहरूमा तरकारी खेती सम्भावना रहेकोले पालिकाका नागरिकहरूलाई तरकारीमा आत्म निर्भर बनाउने उधेश्यका साथ एक घर एक करेसा वारि कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

पछिल्लो समयमा मानिसहरूले बजारबाट किनेर ल्याएको तरकारी उपभोग गर्दा स्वास्थ्य दिन प्रतिदिन बिग्रदै गएको समयमा पालिकाले आ. ब २०७७/०७८ को वार्षिक स्विकृत कार्यकमबाट करिब १० लाख रकम बिनियोजन गरि पालिकाका सबै वडाका नागरिकहरूलाई मध्ये नजर गरि अर्गानिक तरकारी उत्पादन तथा उपभोग गराउने उधेश्यले कार्यक्रम सञ्चालन गरिएको पनि बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत प्रेम चन्द्र अर्यालका अनुसार रिब्दीकोट गाउंपालिका भित्रका करिब ४७ सय घरधुरी कृषकलाई सत प्रतिशत अनुदानमा मिनी किट कार्यक्रम अन्तर्गत काक्रा, करेला, टमाटर साथै एक घर एक करेसावारी कार्यक्रम अन्तर्गत सत प्रतिशत अनुदानमा किचन गार्डेन सेट अन्तर्गत मुला, धनिया, प्याज, सिमी, रायोको बीउ वितरण कार्य सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत अर्यालले बताउनु भयो ।

वितरणको पहिलो दिन रिब्दीकोट वार्ड न ५ कुसुमखोलाका करिब ४२२ भन्दा धेरै घरधुरीलाई वितरण गरिएको बताउनु भयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले सबै पालिकाका नागरिकहरूलाई मध्ये नजर गरि एक घर एक करेसा वारि कार्य ल्याएको बताउदै अर्गानिक तरकारी उत्पादन गरि अात्मनिर्भर हुन आग्रह गर्नु भयो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago