टोकियो। जापानी रक्षामन्त्री नोबुओ किशीले चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका बेला आफ्नो देशले चिनिया समुद्री गतिविधि रहङकङको बारे चिन्ता व्यक्त गर्ने बताएका छन्।
रक्षामन्त्री किशीले चिनिया विदेशमन्त्रीले जापानी समकक्षी मोतेगी तोसिमिसु सँग वार्ताका क्रममा जापानले आफ्ना चासोहरु र चिनियागतिबिधिबारे धारणा राख्ने बताए। चिनिया विदेशमन्त्रीले भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सुगा योशिहिडलाई पनि भेट्ने अपेक्षागरिएको छ। जापनमा प्रधानमन्त्री सुगाको नयाँ मन्त्रीमण्डल गठनसंगै वाङको भ्रमण चीनको तर्फबाट भएको पहिलो उच्च कुटनीतिकभ्रमण हो ।
रक्षामन्त्री किशीले भ्रमणका बेला जापान र चीनबीच विभिन्न आपसी जटिल मुद्दाहरु उच्च तहको वार्ताबाट समाधान खोज्नुपर्ने बताए।चिनियाँ सैन्य गतिबिधिहरुले क्षेत्रिय सुरक्षामा पु¥याइरहेको असरबारे जापानको गम्भिर ध्यानाकर्षण रहेको उनको भनाई छ। जापानकोसेन्काकु टापुक्षेत्रमा चीनले लगातार सैन्य गतिबिधि जारी राखेको छ वाङकै भ्रमणका बेला चिनिया राष्ट्रपति सीजिन पीङको भ्रमणकोमिति समेत तय हुने अनुमान गरिएको छ । स्रोतः द जेनेभा डेली
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…