काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी जारी लकडाउनले गर्दा सार्वजनिक यातायात सबैभन्दा प्रभाबित भएका छन । यसैको सम्बोधनका लागी नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले सरकारका निकायमा राहतको माग गरिरहेको छ । मंगलबार नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको नेतृत्वमा अर्थ सचिव सिशिर कुमार ढुंगाना लाई आफ्ना समस्या सहितको राहत प्याकेज ल्याउन मागपत्र पेश गरेका छन । मागपत्रमा सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन, व्याजमा पूनविचार र पुनरकर्जाको व्यवस्था, सवारि संग सम्वन्धित सवारी कर, रुट ईजाजत नविकरण, जाँच पास, र चलक अनुमति पत्रको नविकरणको स्थगन गरि जरिवाना मिनाहको व्यवस्था गर्नुपर्ने माग रहेका छन । माग प्रति अर्थ सचिव सिशिर कुमार ढुंगानाले राहतका प्याकेज ल्याउने आश्वासन पाएको महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
महासचिब सिटौलाका अनुसार यसअघि बैशाख २१ मा अर्थसचिव ढुंगानालाई विभिन्न माग राख्दै महासंघले विज्ञप्ती बुझाएको थियो । त्यतिबेला बुझाएको विज्ञप्तीमा सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन, व्याजमा पूनविचार, पुनरकर्जाको व्यवस्था, सवारीकर, आयकर, रुट ईजाजत नविकरण, जाँच पास र चालक अनुमतिपत्रको नविकरणको स्थगन गरि जरिवाना मिनाहको व्यवस्था लगायतको माग गरेका थिए । धेरै पटकको पहलपछि सरकारले राहतदिने आश्वासन दिएको सिटौलाको भनाई छ ।
चैत्र ११ देखि जारी लकडाउन १०० दिन पूरा भएको छ । सय दिन पुराहुँदासम्म सरकारको तर्फ बाट कुनै राहतको ब्यवस्था भएको छैन । एकातिर बैंकले किस्ता तिर्न ताकेता गरेको छ भने लामो समयसम्म आफ्ना सवारीसाधन थन्किएका कारण ब्यवसायी समस्यामा परेका छन ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…