सन्ताेष गहतराज । बुधबार जिल्लामा ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाका विभिन्न ठाउँबाट बरामद गरिएको घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो ।
तानसेनको बतासे र मिसन क्षेत्रबाट बरामद गरिएको ११५ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो । तानसेन नगरपालिका १२ बौघापोखराथोकदेखि तानसेन बजारतर्फ बिक्री गर्न ल्याउँदै गरेको ५० लिटर घरेलु मदिरा बतासेडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । लु१ज २११७ नम्बरको जीपमा तानसेन बजार ल्याउँदै गरेको मदिरा विशेष सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै बगनासकाली गाउँपालिकादेखि ल्याउँदै गरेको ६५ लिटर अवैध घरेलु मदिरा तानसेनको भूसलडाँडा क्षेत्रबाट नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । मिसन क्षेत्रमा भने प्रहरीलाई देखेपछि बिक्री गर्न आएका मानिस घरेलु मदिरा बाटोमै छाडेर भागेका थिए ।
बरामद भएको मदिरा ल्याएका मानिस र जीप चालकलाई पहिलो पटक भएकोले सम्झाई बुझाइ छाडिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…