नेपालमा आज थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले मिडिया ब्रिफींगमार्फत दिएको जानकारी अनुसार आज एकैदिन ४८२ जना नयाँ संक्रमित थपिंदा नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
संक्रमित मध्ये निको हुनेको संख्या ४ हजार ६५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४ हजार ८८६ वटा पीसीआर परीक्षण हुँदा नेपालमा कुल पीसीआर परीक्षणको संख्या २ लाख ३३ हजार २२७ पुगेको छ ।क्वारेन्टाइनमा बस्ने मानिसको संख्या ४८ हजार ३६२ रहँदा आइसोलेशनमा रहेका संक्रमितहरुको संख्या ९ हजार ३६० रहेको स्वास्थ्य मन्त्रायले जनाएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो :
नेपालमा कोरोनाको संक्रमण पछि ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
आज अछामका ४५ बर्षीय पुरुषको निधन भएसंगै कोरानाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…