नेपालमा कोरोना कुल संक्रमितको संख्या १४ हजार ४६

२०७७, १७ असार बुधबार १८:०४

नेपालमा आज थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले मिडिया ब्रिफींगमार्फत दिएको जानकारी अनुसार आज एकैदिन ४८२ जना नयाँ संक्रमित थपिंदा नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

संक्रमित मध्ये निको हुनेको संख्या ४ हजार ६५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४ हजार ८८६ वटा पीसीआर परीक्षण हुँदा नेपालमा कुल पीसीआर परीक्षणको संख्या २ लाख ३३ हजार २२७ पुगेको छ ।क्वारेन्टाइनमा बस्ने मानिसको संख्या ४८ हजार ३६२ रहँदा आइसोलेशनमा रहेका संक्रमितहरुको संख्या ९ हजार ३६० रहेको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुग्यो : 

नेपालमा कोरोनाको संक्रमण पछि ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

आज अछामका ४५ बर्षीय पुरुषको निधन भएसंगै कोरानाका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Comments

ताजा खबर