प्रथम बार्षिक साधारण सभा सम्पन्न , अनेसास सिकागोको अध्यक्षमा इस्वरी बगाले निर्बाचित ।

डिसेम्बर ३० , लक्ष्मण न्यौपानेले सिकागो । आज सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,सिकागोको प्रथम बार्षिक साधारण सभाले साहित्यकार इस्वरी बगालेको नेतृत्वमा ११ सदस्यिय कमिटी निर्माण गर्दै  सम्पन्न भएको छ । २०१७   डिसेम्बर २४ का दिन सिकागोमा अनेसासका अन्तर्राष्ट्रिय अध्यक्ष पदम बिस्वकर्माको उपस्थितिमा गठित सन्स्थाको आज  भब्यताका साथ साधारण सभा तथा अधिबेशन  संपन्न भएको हो ।  

अधिबेशनले भिमराई प्रदेशिलाई प्रथम उपाध्यक्ष जितेन्द्र बिक्रम राणा द्वितीय उपाध्यक्ष लक्षमण न्यौपाने  सचिब र मिना पान्डेयलाई  कोषाध्यक्षमा   चयन गरेको छ ।कार्यसमितिको सदस्यहरुमा कबिता नेपाल,तुलसी सिबाकोटी,गोपाल जिसी ,शिवराज अधिकारी ,सारदा गौतम पराजुली, र सुबास अर्याललाई  सर्वसमितिले चयन गरेको थियो । स्थानिय सिकागोल्यान्ड नेपाली फ्रेन्डशिप सोसाइटीका अध्यक्ष तथा सल्लाहकार टेकराज पौडेल अध्यक्ष रहेको पत्रकार जगन निरौला सन्चालक  तथा एन्माका कोषाध्यक्ष ओम दाहाल माइनट तथा टिप्पणी लेखन कार्यगर्ने गरि  सदस्य रहेको अध्यक्षता मन्डल र स्थानिय समाजसेवी खेम पाठक निर्वाचन आयुक्त रहेको २ भिन्दा भिन्दै समितिहरुले संस्थाको यी महत्वपुर्ण कार्यक्रम सम्पन्न गरेका थिए ।

बन्द सत्रमा बार्शिक कार्य प्रगती, लेखा प्रतिबेदन तथा बिधान समेतमा व्यापक छलफल गरि पारित गरिएको थियो  । नव निर्वाचित कमिटिलाई निबर्तमान अध्यक्ष बिष्णा बिरही निर्वाचन आयुक्त खेम पाठक र अध्यक्ष मन्डलका अध्यक्ष टेकराज पौडेल कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो भने नव निर्वाचित अध्यक्ष इस्वरी बगाले आगामी २ बर्ष मा सिकागोमा साहित्य क्षेत्रमा आफुले गर्न सक्ने कामको लागि प्रतिबद्वता ब्यक्त गर्नु भयो ।

त्यसै गरि आज यस अघि सम्पन्न  कार्यक्रमको खुला सत्र भब्यरुपमा भएको  थियो । सो कार्यक्रम सन्स्थाकी अध्यक्ष तथा बरिस्ठ साहित्यकार बिष्णा देबि  बिरहीको  सभापतित्व एवम आन्माका कोषाध्यक्ष ओम दहालको  प्रमुख  आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाली अमेरिकन सेंटरका अध्यक्ष बिष्णु फुयाल ,स्थानिय समाजसेवी  खेम पाठक ,  सिकागोल्यान्ड नेपाली  फ्रेंडसिप सोसाईटीका अध्यक्ष टेकराज पौडेल  लायन्स क्लब सिकागोका अध्यक्ष रमाकान्त खरेल लगायत अतिथिहरुले सिकागोमा अनेसासले गरेका कामहरु र साहित्य क्षेत्रमा सिकागोबासिहरुको रुचि अत्यधिक रहेको बारे चर्चा परिचर्चा गर्नु भएको थियो । कार्यक्रमको  सञ्चालन इश्वोरी बगालेले र  स्वागत मंतब्य जितेन्द्र बिक्रम  राणाले गर्नु  भएको थियो भने प्राबिधिक कार्यक्रमको ब्यबस्थापन र सहजीकरण  लक्षमण न्यौपानेले  गर्नु भएको थियो ।  

कार्यक्रममा खुलासत्र संगै बिभिन्न बालश्रष्टाहरुले रचना बाचन गरेका थिए ।  कृशा पाण्डे    अतुल सिवाकोटी जस्ता बाल प्रतिभाहरुले कबिता र निबन्ध प्रस्तुत गरेका थिए । खुला सत्रको अन्त्यमा  साहित्यकार  बिष्णा  देबी बिरहीको मुक्तक संग्रह  “बन्दी सपना”को  समेत भब्यताका साथ बिमोचन गरियो । ओम दाहाल, टेकराज पौडेल, खेम पाठक, बिष्णु फुयाल र रमाकान्त  खरेलले संयुक्त रुपमा बिमोचन गर्नु भएको सो ।मुक्तकमा  बिरहीका २२८ ओटा  मुक्तकहरु समाबेश छन ।

 कार्यक्रममा बिगत २ बर्षमा सिकागो साहित्य समाजलाइ सहयोग गर्ने सन्स्था र ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।सम्मानित हुनेमा सिकागोको नेपालिहरुको  साझा सन्स्था सिकागोल्यान्ड नेपाली फ्रेन्ड्सिप सोसाइटी,  जेजे ट्याक्स , आशा पिचर्स , हिमालयन सेर्पा किचन र नेपाल हाउस रेस्टुरेन्ट रहेका छन भने आज बाल साहित्यकार कृशा पान्डे र अतुल सिबाकोटीलाई  पनि सम्मानित गरिएको थियो । हाइवूड पार्कमा रहेको हिमलयन सेर्पा किचन रेस्टुरेन्टमा करिब ५० जना  कवि साहित्यकार हरुको उपस्थितिमा कार्यक्रम भब्यताका साथमा सम्पन्न भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago