अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन सम्पन्न , अध्यक्षमा बाबुराम पौडेल ।

जनवरी ४, टोकियो । टोकियोमा बिहीबार अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशन सम्पन्न गर्दै तेस्रो अधिवेशनले बाबुराम पौडेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

समाजका अध्यक्षमा अर्घाखाचीको  डिवर्ना जन्मनुभएका पौडेल जापान प्रवेश संगै समाजमा आवद्ध हुनुभएको थियो । २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुदै २०२०-०२२  का लागि अध्यक्ष बन्नुभएको हो । उहाँले आफनो कार्यकालमा जापानमा छरिएर रहेका सबै अर्घाखाचीबासीहरुलाई एकिकृत गरि अगाडी बढ्ने बताउनुभयो । जिल्लाबासीको समस्या नै आफ्नो समस्या भएकोले सबैको दु:ख र सु:खको सहयात्री बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीहरुलाई अध्ययन पश्चात स्थाई रोजगारीका लागी समेत पहल गर्ने उल्लेख गर्नुभयो । त्यसका लागी जापानी कम्पनीहरुसंग सहकार्य गर्ने जानकारी दिनुभयो । जन्मभूमीप्रति पनि समाजको उत्तिकै दायित्व भएकोले जिल्लामा आईपर्ने भैपरि समस्याका लागी पनि सिंगो कार्यसमिती नै प्रर्तिवद्ध रहेको बताउनुभयो । 

२ बर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अयन बहादुर टण्डन, कृष्ण के .सी, नेत्र प्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिब  संगीता थापा, बाबुराम घिमिरे, कृष्ण बहादुर आले, कोषाध्यक्ष टोप बहादुर घर्ती मगर, सह-कोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर आले मगर , दिल ब. श्रेष्ठ, चेतन घर्ती मगर, चेत नारायण थापा, हरी गौतम , ध्रुब बन्जाडे, अबिनास जी सी, मुना जी सी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा के.सी , केतकला आले चयन हुनुभएको छ । 

एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठको  प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरि समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो । उहाँले समाजका प्रतिभाशाली व्यक्तीलाई पहिचान प्रवद्धन गर्नु पर्ने र अरुभन्दा फरक तरिकाले समाज चलाउन सुझाव दिनुभयो । 

सोही कार्यक्रममा एन आर एन ए जापानका अध्यक्ष देबिलाल भण्डारी , नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,समाजका संरक्षक ज्योतिष घर्ती मगर र नेत्र बिस्ट , डा. बिष्णु खनाल लगायतले बोल्दै जापानमा सबै जिल्लाका आ-आफना समाज भएकाले सबैसंग सहकार्य गर्दै अघि बढन सुझाव दिनुभएको थियो ।  

समाजका उपाध्यक्ष कृष्ण केशीको स्वागत महासचिब नारायण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा बाल गाएक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव धुर्व बन्जाडेले गित र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरन्जन दिनुभएको थियो ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago