नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन टोकियोमा सम्पन्न

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन टोकियोमा सम्पन्न भएको छ ।

अधिबेशनले पुन:मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा  पूर्ण चलाऊने तथा समाबेशी उपाध्यक्षमा कुमार मोक्तान चयन हुनुभएको छ ।

त्यसैगरी सचिबमा शान्तकुमार पहरी तथा सह-सचिबमा अर्जुन लामिछाने र इन्दिरा खनाल र कोषाध्यक्षमा आनन्द कोइराला निर्बिरोध हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा दीपक गौतम,विश्वाश आचार्य, सजिना मोक्तान, राजन गौतम,लक्ष्मी पौडेल ,कृष्ण अधिकारी,सागर देबकोटा र राम तामाङ चयन हुनुभएको छ ।

दुई चरणमा सम्पन्न अधिवेशनको बन्दसत्रमा सहसचिब कुमार मोक्तानले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष राजविन थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको थियो ।

घोषणा सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय समिति महासचिब रमेश बिष्टले अबको समाचार खोजमुलक र समुदायको आवाजको प्रतिनिधित्व गर्ने हुनुपर्नेमा जोड दिंदै समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य रहेको बताउनुभएको थियो ।

संचार गृह र संचारकर्मिहरुलाई राज्यले उपेक्षा गर्न खोजे पनि धैर्यता गर्न भने  छोड्न नहूनेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको घोषणा सभामा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरूङ,आईसीसी सदस्यहरू महेशकुमार श्रेष्ठ र कपिलदेव थापा, प्रवासी नेपाली एकता मन्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका डिपि कंडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका डा. भुपालमान श्रेष्ठ,नेपाली ब्यवसायी संघका बाबुराम पौडेल लगायतले बोल्नुभएको थियो ।

घोषणा सभामा समितिको घोषणा निर्वाचन समितिका सदस्य चन्द्र खनालले गर्नुभएको थियो भने निर्वाचन अधिकृत पवन बर्षा साहको अध्यक्षता तथा मोहन घलेको प्रतिबद्धता मन्तब्य र राजन गौतमको संचालनमा सम्पन्न भएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago