नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन टोकियोमा सम्पन्न

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन टोकियोमा सम्पन्न भएको छ ।

अधिबेशनले पुन:मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा  पूर्ण चलाऊने तथा समाबेशी उपाध्यक्षमा कुमार मोक्तान चयन हुनुभएको छ ।

त्यसैगरी सचिबमा शान्तकुमार पहरी तथा सह-सचिबमा अर्जुन लामिछाने र इन्दिरा खनाल र कोषाध्यक्षमा आनन्द कोइराला निर्बिरोध हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा दीपक गौतम,विश्वाश आचार्य, सजिना मोक्तान, राजन गौतम,लक्ष्मी पौडेल ,कृष्ण अधिकारी,सागर देबकोटा र राम तामाङ चयन हुनुभएको छ ।

दुई चरणमा सम्पन्न अधिवेशनको बन्दसत्रमा सहसचिब कुमार मोक्तानले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष राजविन थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको थियो ।

घोषणा सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय समिति महासचिब रमेश बिष्टले अबको समाचार खोजमुलक र समुदायको आवाजको प्रतिनिधित्व गर्ने हुनुपर्नेमा जोड दिंदै समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य रहेको बताउनुभएको थियो ।

संचार गृह र संचारकर्मिहरुलाई राज्यले उपेक्षा गर्न खोजे पनि धैर्यता गर्न भने  छोड्न नहूनेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको घोषणा सभामा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरूङ,आईसीसी सदस्यहरू महेशकुमार श्रेष्ठ र कपिलदेव थापा, प्रवासी नेपाली एकता मन्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका डिपि कंडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका डा. भुपालमान श्रेष्ठ,नेपाली ब्यवसायी संघका बाबुराम पौडेल लगायतले बोल्नुभएको थियो ।

घोषणा सभामा समितिको घोषणा निर्वाचन समितिका सदस्य चन्द्र खनालले गर्नुभएको थियो भने निर्वाचन अधिकृत पवन बर्षा साहको अध्यक्षता तथा मोहन घलेको प्रतिबद्धता मन्तब्य र राजन गौतमको संचालनमा सम्पन्न भएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago